शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली अस्पतालले गर्‍यो कर्मचारीको को रोना बीमा

शुक्रवार , जेठ ९, २०७७

सिन्धुली,९ जेठ – कोरोना भा ईरसको जो खिम बढ्दै गएपछि जिल्ला अस्पताल सिन्धुलीले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक सहितका १०८ जना कर्मचारीको कोरोना बीमा गर्ने निर्णय गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेलका अनुसार बिहीबार बसेको अस्पताल विकास समितिको बैठकले प्रति व्यक्ति एक लाख रुपैयाँको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।

उहाँले को रोनाको म हामारीमा जो खिम मोलेर अंग्रपंक्तिमा काम गर्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक तथा अन्य कर्मचारीको को रोना बिमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना भा ईरस नि यन्त्रण तथा रो कथामका लागि जो खिम मोलेर काम गर्नु पर्दा अस्पतालको व्यवस्थापन समेत साथै छ भन्ने सन्देशका लागि पनि बीमा गरिएको हो ।”

कोरोना बीमामा विमितले यदि कोरोना पो जेटिभ भएमा एक लाख रुपैयाँ प्राप्त गर्ने उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया