सिन्धुली,९ जेठ– सिन्धुली जिल्लामा पहिलो को रोना भा ईरस सं क्रमित महिलाको कमलामाई नगरपालिका–९ भिमान पन्नेसी रहेको घरमा रहेका नौ जना र २ जना सिन्धुली हस्पिटलगरी ११ जनाको स्वाब पिसिआर परिक्षण गर्न बिहिबार संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वा स्थ्यकर्मीको टोलीले सं क्रमित महिलाको घरमा नै पुगेर स्वाब संकलन गरी पिसिआर विधिबाट परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडा पठाउने तयारी गरेको जनाएको छ ।
कार्यालय प्रमुख जितेन्द्र साहले उक्त सब आज (शुक्रवार) पठाईने जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित महिलाको घरका मानिसको स्वाब परिक्षणको नतिजा पो जेटिभ आयो भने बाँकी छिमेकमा रहेका चार घरका ३२ जनाको पनि स्वाब संकलन गरि परिक्षण गर्न हेटौडा पठाईने छ ।
कोरोना भाईरस सं क्रमित महिलाको पहिचान र ठेगाना खुलेसँगै ती महिलाको भिमान पन्नेसी स्थित घर र छिमेकका पाँच घरलाई बुधबार सि ल गरिएको थियो । स्वास्थ्य मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलन गर्ने क्रममा सिन्धुलीको एक महिलामा पनि कोरोना स ंक्रमित भएको सार्बजनिक गरेपछि कहाँको हो ? भन्ने व्यापक खोजी भई रहेको थियो । ती २६ वर्षीया महिलालाई कोरोना संक्रमणको पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा छिमेकका पाँच वटा घरमा पनि उनी गएकी खुलेको हो । मंगलवार सं क्रमण पुष्टि ती महिला गत चैत १० गते घर आएकी र करिब डेढ महिना बसेर वैशाख २७ गते काठमाडौं फर्किएकी पाइएको छ ।
उक्त वडाका अध्यक्ष देवराज पौडेलले पन्नेसीमा संक्रमित महिलाको घर भिमान भएको पुष्टि भएसँगै उहाँको सहित वरीपरीका पाँच घरमा बुधबार बिहान ११ बजे सिल गरिएको बताउनुभयो ।