सिन्धुली,८ जेठ – विदेशबाट आएका व्यक्तिहरुबाटै मुलुकमा को राना भा ईरसको सं क्रमण फैलिएको गुनासो आई रहेको बेला ल कडाउनको घोषणासँगै सिन्धुली जिल्लामा भारत तथा तेस्रो मुलकबाट आउने नागरिक थपिदै गएका छन् ।
ल कडाउन घोषणापछि अहिलेसम्म भारत तथा तेस्रो मुलुकबाट घर फर्किएका २०७ जना नौ वटा स्थानीय तहको सम्पर्कमा आएका छन् । विश्वमा नै महामारीको रुपमा फैलदै गएको को रोना भा ईरसको सं क्रमण नि यन्त्रण तथा रो कथामका लागि विदेशबाट आएका व्यक्तिको स्थानीय तहले खो जी सुरु गरेसँगै ती व्यक्ति सम्पर्कमा आएका हुन् ।
ती मध्ये १०६ जना भारतबाट र १०१ जना तेस्रो मुलकबाट आएका व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार विदेशबाट आएका सबैलाई क्वा रेन्टाईनमा राखेर आ रडिटी प रिक्षण गरी नि गेटिभ देखिएपछि छाड्ने गरिएको छ । अहिलेपनि विदेशबाट व्यक्तिहरु आई रहेका उहाँले जानकारी दिनुभयो ।
प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो, “विदेशमा अलपत्र नागरिकको अहिले पनि उ द्धार कार्य भई रहेको छ । उ द्धारका लागि स्थानीय तहले आफ्ना नागरिक ल्याउन हामीलाई चिठ्ठी दिनु हुन्छ । सम्बन्धित गन्तव्यको सिडियोसापसँग कुरा गरी पास उपलब्ध गराउछौं । अनी उहाँहरुले ल्याएर क्वा रेन्टाईनमा राख्नु हुन्छ ।”
बुधबार मात्रै दुधौली नगरपालिकाले जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पास लिएर गएर भारतमा अ लपत्र परेका भैरहवाबाट २५ जना नागरिक लिएर आएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार ती मध्य २० जना दुधौली नगरपालिकाका बासिन्दा र पाँच जना कमलामाई नगरपालिकाका बासिन्दा रहेको खुलेको छ ।
तीनपाटन गाँउपालिकाका प्रमुख कर्णबहादुर थापामगरले पनि ल कडाउन पछि उक्त गाँउपालिकामा भारत तथा तेस्रो मुलकका गरी ३१ जना आई सकेकोको बताउनुभयो । उहाँका अनुसार ती मध्ये भारतबाट आउनेको संख्य १६ जना र विदेशबाट आउनेको संख्या १५ जना रहेको छ । विदेशबाट आएका सबैलाई क्वारेन्टाईनमा बस्न लगाई आ रडिटी टेष्ट गर्दा नि गेटिभ पाएपछि छाडेको उहाँले जानकारी दिनुभयो ।
क्वा रेन्टाईनबाट छाडेपछि अहिले सबैजना आफ्नै घरमा सु रक्षितसँग बसी रहेको गाँउपालिका अध्यक्ष थापामगरले बताउनुभयो ।
कमलामाई नगरपालिका ९ का वडा अध्यक्ष देबराज पौडेलले पनि उक्त वडाको जनजागृती माविमा निर्माण गरिएको क्वा रेन्टाईनमा बुधबार बेलुका भारतबाट आएका नौ जनालाई राखिएको बताउनुभयो ।
उहाँका अनुसार एक जना वडा नं. १० को कोरुमखोलाको र अरु दुई जना वडा नं. ८ कर्करेका रहेका छन् । बाँकी वडा नं. ९ भिमानकै व्यक्ति रहेका छन् । कर्करेमै क्वा रेन्टाईन बनाईएकोले त्यहाका दुई जनालाई त्यही बस्न र कोरुमखोलाका व्यक्तिलाई सु रक्षित साथ हो मक्वारेन्टाईनमा बस्न बिहिबार पठाईएको छ ।
बाँकी छ जना भने जनजागृती माविकै क्वा रेन्टाईनमा स्वास्थ्य परिक्षण नगरुन्जेल बस्ने उहाँले जानकारी दिनुभयो । भारतबाट आएका नौ जनानै करिब छ महिना अघि मजदुरी गर्न भारतको राँची गएको खुल्न आएको छ ।