शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका को रोना सं क्रमितको घर क्षे त्रमा यस्तो तयारी

बुधवार , जेठ ७, २०७७

सिन्धुली ,७ जेठ– स्वास्थ्य मन्त्रालयले मंगलबार सिन्धुलीको महिलामा को रोना भा ईरसको सं क्रमण भनी पुष्टि गरेको व्यक्ति कमलामाई नगरपालिका–९ पन्नेसीको भएको खुलेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रोख्रेलले सं क्रमित २६ बर्षिया महिला बैशाख २७ गते सिन्धुलीबाट काठमाडौँ गएको खुलेको बताउनुभयो । अहिले ती महिलाको पन्नेसीस्थित घरमा सि ल गरिएको पनि उहाँले बताउनुभयो ।

उक्त वडाका अध्यक्ष देवराज पौडेलले पन्नेसीमा सं क्रमित महिलाको घर सहित वरीपरीका पाँच घरमा बुधबार बिहान ११ बजे सिल गरिएको बताउनुभयो । ती घरमा रहेका व्यक्तिको आ रडिटी परिक्षण गर्न तयारी भई रहेको जानकारी दिदै उहाँले भन्नुभयो, “९ नम्बर वडामा पाँच जना ईण्डियाबाट आउदै छन् । तीनीहरुलाई क्वा रेन्टीनमा राख्न स्कूलमा तयारी गर्दै छौं ।”

जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाह लगायतको टोली सं क्रमितको घर क्षेत्र पनेसी पुगेको छ । जनस्वास्थ्य प्रमुख साहले भन्नु भयो, “ट्रा किङ्ग र ट्रे सिङको काम आजैबाट थाल्ने छौं ।”

सं क्रमितको घर क्षेत्रमा पुगेका सु रक्षाकर्मीले घरमा रहेका उनका बुवामा लगायत परिवारलाई घर भित्रै बस्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया