सिन्धुली,७ जेठ सिन्धुलीका पहिलो को रोना सं क्रमित महिला कमलामाई नगरपालिका ९ को रहेको पुष्टि भएको छ ।
केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव परीक्षणमा सिन्धुलीका एक महिलामा कोरोना सं क्रमण भएको पुष्टि भएको थियो । सो समाचार बाहिरिएसँगै कहाँका हुन् भन्नेबारे व्यापक खोजी भइरहेको थियो ।
आज बिहान सं क्रमण पुष्टि भएका २६ वर्षीया ती महिला काठमाडौंस्थित एपीएफ को रोना अस्पतालमा भर्ना भएपछि भिमानको रहेको पुष्टि भएको हो ।
सो अस्पताल उच्च स्रोतका अनुसार, स्थायी ठेगाना सिन्धुलीको कमलामाई नगरपालिका ९ को रहेको र काठमाडौंको सिनामंगल बस्दै आएको खुलेको छ ।