शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

उ पचारको क्रममा  सिन्धुलीमा हात्तिको मृ त्यू

बुधवार , जेठ ७, २०७७

सिन्धुली,७ जेठ – सिन्धुलीमा उ पचारको क्रममा एउटा हात्तीको मृ त्यू भएको छ । वि रामी हात्तिको उ पचारका क्रममा मृ त्यू भएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका ११ स्थित सिंहदेवी सामुदायिक वन क्षेत्रको गोगनपानी नजीकै घोडाखोलामा घा इते अवस्थामा भेटीएको हात्तिको उ पचारका क्रममा मृ त्यू भएको डिभिजन वन सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनु भयो ।

हात्तिलाई उ पचारका लागि वि होस बनाउँन सुई हान्दा म रेको हो । “सोमबार स्थानीय र वन कर्मचारीहरुले घा इते अवस्थामा बयस्क भाले हात्ती देखेपछि उ पचारका लागि बन्यजन्तु संक्षण क्षेत्र चितवनबाट रे स्क्यू टिम ल्याएर लट्याउन सुई हान्दा हात्तिको मृ त्यू भएको हो,” उहाँले भन्नु भयो ।

मृ त्यू भएको हात्ती २०/२२ दिन अघिदेखिकै वि रामी अवस्था रहेको अनुमान गरिएको छ । हात्तिको पछाडीपट्टिको दाईने खुट्टा भाँ चिए जस्तै देखिने र हात्तिले खुट्टा घि सारेर हिड्ने गरेको पाइएको श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार उक्त हात्तिलाई कसैले गो ली हा नेको हुन सक्ने आ शंका गरिएको छ ।

यसैविच वि रामी हात्तिको मृ त्यू भएपछि मंगलबार पो ष्टमार्टम गरिएको छ । “भेटेनरी डक्टरले मंगलबार पो ष्टमार्टम गरेका छन् । पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र हात्तिलाई के भएको हो भन्ने एकिन हुनेछ,” श्रेष्ठले भन्नु भयो । पोष्टमार्टम पछि उक्त हात्तिलाई स्थानीय सामुदायि वन क्षेत्रमै खाल्टो खानेर दाहसंस्कार गरिएको छ ।

मृ त्यू भएको हात्ती झण्डै चार वर्षदेखि सिन्धुलीका जंगलमा बस्दै आएको बताइएको छ । केही दिन अघिमात्र गाउँछिरेर उ पद्रो म च्चाएको हात्तिले गतवर्षमात्र एक जनाको ज्या न लि एको थियो भने सयौं घरमा क्षे ती पुर्‍याउँदै आएको थियो ।

प्रतिक्रिया