सिन्धुली, जेठ १ गते – सिन्धुलीको तीनपाटन गाँउपालिका–१ बेल्घारी निवासी २१ बर्षिय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार क सुर अन्तर्गत बिहिबार प्रहरीले प क्राउ गरेको छ ।
महानगरिय प्रहरी बिट दरबारमार्गले विद्युतीय कारोबार कसुर अन्तर्गत काडमाडौँ जिल्ला अदालतमा मु द्धा दर्ता गरेको र उक्त अदालतले बैशाख २८ गते पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीका अनुसार विद्युतीय कारोबारमा मु द्धा चलाईएका पौडेललाई स माएर पठाई दिनु भनेकोले पक्राउ गरी काठमाडौँ पठाईएको हो ।
स्थानीय बासिन्दा मुकेस घिमिेरेका अनुसार प क्राउ परेका पौडेललाई नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्डलाई ख सी बनाई माधब नेपाल र बामदेव गौतमले खुट्टा र टाउकोमा समाएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मा रहानेको कार्टुन फोटो बनाई सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको आरोप लागेको बताईएको छ ।
प क्राउ परेका पौडेलले उक्त कार्टुन फोटो आफुले बनाएको नभई अरुले बनाएर पठाएकोलाई शेयर गरेको बताएको उहाँले सुनाउनुभयो । मामा घरमा लुकेर बसेको अवस्थामा उहाँलाई प्रहरीले प क्राउ गरेको पनि घिमिरेले बताउनुभयो ।