सिन्धुली,३१ बैशाख – कोरोना भा ईरस(कोभिड –१९) रो कथाम तथा नि यन्त्रणका लागि जनचेतना जगाउन सिन्धुलीका सबै स्थानिय तहरुमा स्वयमसेवक खटाईने भएको छ । छिमेकी जिल्लाहरुमा समेत कोरोना भा ईरस फैलिएसँगै उच्च जो खिममा रहेको सिन्धुलीमा कोरोना भा ईरस रोकथाम तथा नि यन्त्रणका उपायहरुको बारेमा जनचेतना जगाउनका लागि स्वयमसेवक खटाईने भएको छ ।
बुधवार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्क्षतामा बसेको सर्वपक्षिय बैठकले जिल्लाका नौँ वटै स्थानिय तहहरुको टोल टोलमा गएर कोरोना भाईरस सम्बन्धि जनचेतना जगाउनका लागि स्वयमसेवक खटाउने निर्णय गरेको हो ।
सिन्धुलीबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको समेत उपस्थितीमा भएको बैठकले प्रत्येक स्थानिय तहहरुको टोल टोलमा कम्तिमा ५ जना सम्मको स्वयमसेवक समुह बनाई खटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
उक्त समुहले आफ्नो टोलमा लकडाउनका बिचमा आएका नयाँ मान्छेहरुको नि गरानी गर्ने, अत्यावश्यक सामानहरु विक्री वितरण हुदाँ सामाजिक दुरी कायम भए नभएको हेर्ने, मानिसलाई घरबाट बाहिर निस्कन नदिने, कोरोना टोलीका नागरिकहरुमा भा ईरसबाट बच्ने उपाय लगाएतका जनचेतना जगाउने काम गर्नुपर्नेु बैठकले निर्णय गरेको छ ।
बैठकले यस अघि भएका सर्वदलिय बैठकका निर्णयहरुलाई थप सजकता लिई सामाजिक र भौतिक दुरी कायमगरी कार्यन्वयन गर्ने पनि निर्णय गरेको छ । छिमेकी जिल्लाहरुमा समेत कोरोना संक्रमित फेला परेकाले छिमेकी जिल्लाहरुबाट आउने मानिसहरुको आवागमनमा पुणरुपमा नि रुत्साहित गर्दै अत्यावश्यक बाहेकका कोही पनि मानिसलाई जिल्ला प्रवेश गर्न नदिने पनि बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।
छिमेकी जिल्लाहरुबाट अनावश्यक मानिसहरुको प्रवेश रोक्न सुरक्षाकर्मीको परिचालन गरी क डाई गर्ने, जिल्लाका सबै स्थानिय तहहरुले पनि छिमेकी जिल्लाका मानिसहरु आवतजावतमा निरुत्साहित गर्न पहल गर्ने बैठकले निर्णय गरेको छ ।
सिन्धुलीमा अहिले आरडिटी र भिटिएम लगाएत आवश्यक पर्ने अन्य स्वास्थ्य सामाग्रीको अभाव भएकाले यस्ता स्वास्थ्य सामाग्री ल्याउनका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा कोरोना भा ईरस सं क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भएका प्रयासहरुको बारेमा पनि छलफल भएको थियो ।