शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा १९ जनालाई क्वा रेन्टाइनमा राखियो, ४ घर २१ दिनकालागि सि ल

बुधवार , बैशाख ३१, २०७७

सिन्धुली,३१ बैशाख –सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा को रोना सं क्रमित व्यक्तिले खाना खाएको क न्ट्याक्ट ट्रेसिङ (ट्राभल हिस्ट्री) बाट पत्ता लागेपछि सम्पर्कमा आएका व्यक्तिलाई होम क्वा रेन्टाइनमा राखिएको छ । त्यसैगरि, कोरोना भा ईरस सं क्रमित महिलाले खाना खाएको घर सहित चारवटा घरलाई बुधबार दिउसोदेखि २१ दिनको लागि सि ल गरिएको छ ।

काठमाडौंमा बुधबार फेला परेकी कोराना सं क्रमित महिलाले सिन्धुलीको कमलामाइ नगरपालिका ९ को भिमानमा आफन्तको घरमा खाना खाएर गएको ट्राभल हिस्ट्रीबाट पत्ता लागेपछि ती आफन्त परिवारलाइ क्वा रेन्टाइनमा राखिएको छ । सुनसरीबाट महोत्तरीको वर्दिवास आइ बीपी राजमार्ग भएर सोमबार काठमाडौं जाने क्रममा भिमानमा ती महिला करिब ४५ मिनेट बसेको र सोही समयमा आफन्तकोमा बसेर खाना समेत खाएकी थिइन् । आफन्तको घर टोललाइ नै शि ल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार सुनसरी जिल्लाको एक महिला काठमाण्डौ जानेक्रममा सोमबार बिहान ९ बजेतीर भिमानमा आफन्तको घरमा पसेर खाना खाएको खुलेको छ ।

ती महिलाको काठमाण्डौमा स्वा ब परिक्षणको क्रममा मंगलवार मात्रै को रोना भा ईरस सं क्रमण पुष्टि भएपछि ती घर २१ दिनको लागि सि ल गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ती महिलाले खाना खाएको घर र खाना खाएको घरका मानिस जुन–जुन घरमा गएका छन् । ती समेत चार घरलाई सि ल गरेका छौं ।’

सि ल गरिएका घरका १९ जना अब घरबाट बाहिर समेत निस्किन नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २१ दिनपछि ती मानिसको स्वा ब सङकलन गरी परिक्षणका लागि काठमाण्डौ पठाईने सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले बताउनुभयो ।

स्वा ब परिक्षणका क्रममा नतिजा निगेटिभ आए छाडिने र पो जेटिभ आए उपचारका लागि ती मानिसलाई काठमाण्ठौ पठाईने पनि उहाँले बताउनुभयो ।

अनुसार महिलाको संपर्क भएका तीनघरका आफन्तहरु १६ जनाको एउटै कम्पाउण्ड भएको घर भएकाले होम क्वा रेन्टाइनमा राखिएको र उनीहरुको संपर्कमा आएका अन्य तीनजनालाइ सरकारी क्वा रेन्टाइनमा राखिएको छ । उनीहरु सवैको स्वाव संकलन गरि पीसीआर परिक्षणका लागि हेटौंडा पठाइने भएको छ ।

उच्च निगरानीका साथ आफन्तहरुलाइ राखिएको र अन्य संपर्कका व्यक्ति भए नभएको खोजविन भइरहेको प्रजिअ पाण्डेको भनाइ छ । कोराना सं क्रमित महिलाले बताएको ट्राभल हिस्ट्री अनुसार सिन्धुली सदरमुकामबाट सु रक्षकर्मी र स्वा स्थ्यकर्मीको टोलीले भिमान रहेका आफन्त र उनीहरुको संपर्कका व्यक्तिहरु खोजविन गरि व्यवस्थापन गरेको छ । भिमान सदरमुकामबाट १८ किलोमीटर दक्षिणमा पर्छ । भिमानमा सं क्रमित बसेको थाहापाएपछि स्थानीयहरुमा त्रा सदी छाएको छ ।

प्रतिक्रिया