शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा जिपको ठक्करले फेरी लियो ज्या'न

मंगलवार , बैशाख ३०, २०७७

सिन्धुली,३० बैशाख – सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको मृ”त्यु भएको छ । मृ’त्यु हुनेमा कमलामाई नगरपालिका–८ बसन्तपुर बस्ने अन्दाजी ५० ÷५२ वर्षीय रणवहादुर सुनुवार रहेका छन् ।

मंगलबार सिन्धुली कमलामाई नगरपालिका वडा न. ८ डुमरिया स्थित बि.पी. राजमार्ग सडक खण्डमा काठमाडौँबाट झापा तर्फ जादै गरेको मे १ ज १५४३ नं. को बोलेरो गाडीले सडकमा पैदल हिँडिरहेको समयमो ठ'क्कर दिँदा उहाँ ग'म्भीर घा’इते हुनु भएको थियो । जिपको ठक्करबाट गम्भीर घा'इते भएका सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याउने क्रममा बाटोमै मृ'त्यु भएको प्रहरीले जनाएको छ ।

यस अघि पनि ल'कडाउनको समयमा बैशाख १० गते बुधबार राति विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ करकरे नजिकै मोटसाइकल र बस ठोक्किदा मोटसाइकल चालकको मृ’त्यु भएको थियो ।

सिन्धुलीबाट भिमानतर्फ गइरहेको बा ७९ प ७१८८ नंम्बरकोे मोटरसाइकल र बिपरित दिशाबाट आउँँदै गरेको बा ४ ख ५७७७ नम्बरकोे बस एकआपसमा ठो'क्किदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ माझिटारका २३ वर्षिय हिराबहादुर रिजालको मृ’त्यु भएको थियो । यसरी लकडाउनको समयमा सवारी सिन्धुलीमा दुई जनाको मृ'त्यू भएको छ ।

प्रतिक्रिया