शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको घर–घरमा विद्यालय अभियान सञ्चालन गर्ने शिक्षक सम्मानित

मंगलवार , बैशाख ३०, २०७७

सिन्धुली,३० बैशाख – नेपाल शिक्षक संघ सिन्धुलीले आफ्नौ ३१ औ स्थापना दिवस मंगलबार अनौपचारिक कार्यक्रम आयोजना गरी मनाएको छ ।

कोरोना भा’ईरसको त्रास बढी रहेको बेला रेडियो शिद्धबाबा मार्फत घर–घरमा विद्यालय अभियान सञ्चालनमा सिकाई सामग्री निर्माण तथा बितरण कार्यमा योगदान पुर्‍याउने शिक्षकलाई सामाजिक दुरी कायम गरेर सम्मान गरी संघले स्थापना दिवस मनाएको हो ।

नेपाल शिक्षक संघ संघिय समितिको निर्णय बमोजिम बैशाख २१ गतेदेखि उक्त रेडियो मार्फत घर–घरमा विद्यालय अभियान सञ्चालन हुदै आएको छ । कोरोना भाईसरका कारण प्रभावित एसईई परिक्षा दिने विद्यार्थीको दैनिक पठनपाठनलाई सहयोग पु¥याउने उदेश्यले उक्त अभियान सञ्चालन गरेको सो अवसरमा जानकारी गराईएको थियो ।

स्थापना दिवसमा सम्मानित हुने विषय विज्ञ शिक्षकहरुमा सामाजिक शिक्षक दुर्गाराज देवकोटा, नेपाली शिक्षक जनार्दन कोईराला, गणित शिक्षक नबराज थापा, विज्ञान शिक्षक विपेन्द्र मिश्रा, अंग्रेजी शिक्षक विश्वनाथ बराल र टंक तिमल्सिना रहनु भएको छ ।

सो अबसरमा नेपाल शिक्षक संघ सिन्धुलीका अध्यक्ष अरुणकुमार थिङले कोरोना भा’ईरसको त्रा’सका कारण ठूलो संख्यामा मानिस भेला भएर स्थापना दिवस गर्न नपाएको बताउनुभयो । उहाँले घर–घरमा विद्यालय अभियान कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया आएको चर्चा गर्दै एसईई परिक्षाको तयारीमा रहेका विद्यार्थीलाई निकै सहयोग पुगेको सुनाउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका सह अध्यक्ष रमेशप्रसाद देवकोटा, नेपाल शिक्षक संघका महाधिवेशन प्रतिनिधि बलराम बराल, नेपाल शिक्षक संघ बाग्मती प्रदेश समिति सदस्य हेमप्रसाद गौतम, नेपाल शिक्षक संघका सिन्धुलीका सचिब कृष्ण ढुंगेल र अर्थसचिब कर्णबहादुर कार्की उपस्थिती रहेको थियो ।

प्रतिक्रिया