शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिमा बचाउका लागि सिन्धुलीमा बिरोध  र्‍याली

मंगलवार , बैशाख ३०, २०७७

सिन्धुली,३० बैशाख – भारतले नेपाली भूभाग मिचेर सडक बनाएको विरोधमा नेकपा (क्रा’न्तिकारी माओवादी) निकट ट्रेड यूनियन महासंघले आज मंगलबार सिन्धुलीको कमलामाइ नगरपालिका ९ को भिमानमा वि’रोध र्‍याली गरेको छ ।

र्‍यालीमा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भएको भन्दै भारतीय हस्तक्षेप विरुद्ध चर्का नारावाजी गरिएको थियो ।

यूनियनले गरेको र्‍यालीमा राष्ट्रिय स्वाधिनताको रक्षा, भारतीय सेनालाइ कालापानीबाट फिर्ता गराउन सम्पूर्ण देशभक्त एकजुट भएर लाग्नुपर्ने नारा लागेको थियो ।

भिमान बजार परिक्रमा पश्चात आयोजित सभामा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका महासचिव वसन्त बोगटीले राष्ट्रिय स्वाधिनता र सिमा बचाउ आन्दोलनको शुरुवात भएको भन्दै देशको स्वाधिनताका लागि आफुहरु वलिदानी दिन तयार रहेको बताउनुभयो । विरोध कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको उनीहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया