शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा कालो बजारी गर्नेलाई कार बा हीको प्रक्रिया शुरु

मंगलवार , बैशाख ३०, २०७७

सिन्धुली जिल्लामा रासायनिक मल का लोबजारी गरेको अभियोगमा प्रहरीले सोमबार नि यन्त्रण गरेको एक सहकारी सञ्चालकलाई का लोबजारी ऐन अन्तर्गत कारबा ही प्रकृया अघि बढाएको छ ।

कमलामाई नगरपालिका–६ रातमाटास्थित जय बागबानी कृषि सहकारी संस्थाका सञ्चालक युवराज दाहाललाई नि यन्त्रण गरी सोमबार जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

किसानले मल नपाएको गुनासो आइरहेका बेला लकडाउनको मौका छोपेर बढी मूल्यमा मल बिक्री गरेको उजु रीका आधारमा सहकारी सञ्चालक दाहाललाई नियन्त्रणमा लिई का लोबजारी ऐन अन्तर्गत कारबाही प्रकृया अघि बढाएको कार्यालका प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार प्रतिबोरा ८५० रुपिया मात्र पर्ने युरिया मललाई एक हजार रुपियामा बिक्री गरेको आ रोपमा सहकारी सञ्चालक दाहाललाई ७२४ बोरा युुरिया मलसहित नि यन्त्रणमा लिएको हो । पक्राउ परेका दाहाललाई एउटा जिल्लामा बेच्न भनेर ल्याएको मल अर्को जिल्लामा बे चबिखन गरेको समेत आ रोप छ ।

गत बुधवार किसानले जय बागबानी कृषि सहकारी संस्थाले बढी मूल्यमा मल बेचेको भन्दै उ जुरी दिएपछि प्रहरीले उहाँको गोदाममा छा पा मारेर ताला लगाएको थियो । कमलामाई नगरपालिका–६ रातमाटाका दुई गोदाममा छा पा मारी प्रहरीले ७२४ बोरा मल पनि नियन्त्रणमा लिएको थियो । प्रहरीले उहाँकै मल बोकेका तीन वटा ट्रक पनि नि यन्त्र णमा लिएको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया