शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका किसान जुनारलाई औंसा किराबाट जोगाउदै

मंगलवार , बैशाख ३०, २०७७

रतनचुरा (सिन्धुली), ३० बैशाख – सिन्धुलीका जु्नार किसानहरु औसा किरा नि’यन्त्रण गरी जुनारलाई सुरक्षित गर्ने अभियानमा जुटेका छन् ।

क्षेत्रगत किरा नि’यन्त्रण कार्यक्रम अन्तर्गत फल लागेको जुनारको बोटमा प्रोटिन बेट बि’षादी छर्केर औसा किरा नि’यन्त्रण अभियानमा किसान जुटेका प्रधानमन्त्री जुनार सुपर जोनले जनाएको छ

सुपर जोन कार्यालयका प्रमुख देबराज अधिकारीका अनुसार लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर केही दिनअघि उक्त बि’षादी काटमाडाँैबाट खरिद गरेर ल्याई जुनारको बोटमा छर्किन सुरु गरिएको हो । दुई बर्षअघि देखि उक्त बि’षादी प्रयोग गरी औंसा किरा नि’यन्त्रण गरिदै आएको छ ।

यो बर्ष किसानहरुले नै ५० प्रतिशत लगानी गरी किरा नि’यन्त्रण अभियानमा लागेका र उक्त बि’षादी मझुवाबाट शनिबारदेखि छर्किन सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । किसानहरु १२ लाख रुपिया संकलन गरेपछि सुपर जोनले पनि १२ लाख रुपैया अनुदान दिई बि’षादी खरिद गरेर ल्याएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “ बिगत बर्षमा औसा किरा नि’यन्त्रण गर्न छर्किएको प्रोटिन बेट बि’षादी प्रभावकारी देखिएपछि यो बर्ष पनि छर्किएको हो । प्रत्येक तीनबोट बराबर एक बोटको केही भागमा औषधि स्प्रे गरिन्छ ।” कार्यालय प्रमुख अधिकारीका अनुसार जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, बाशेश्वर, नाकाझोली, तीनकन्यामा उक्त बि’षादी पु¥याई सकिएको छ ।

सुपरजोन कार्यालय प्रमुख अधिकारीले गोलञ्जोर गाउ“पालिका–४ तीनकन्यामा नमुनाको रुपमा करिब आठ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको विषादी परिक्षण प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरि किरा नि’यन्त्रण गर्ने अभियान सुरु गरिएको बताउनुभयो ।

उक्त बि’षादीमा दुई भाग पानी पिसाएर हप्ताको एक पटक गरी १० हप्तासम्म लगातार जुनारको बोटमा छिट्नु पर्ने सुपर जोनका प्राविधिक जहानबहादुर कार्कीले सुनाउनुभयो ।

प्राविधिक कार्कीका अनुसार व्याक्टेशेरा मिनाक्स नामक ढाडे झिंगाले जुनारको फल भित्र फुल पार्ने र गुलियोपन बढ्दै गएपछि औंसा भएर लार्भा बनि जुनारलाइ खोक्रो बनाउने गरेको पाइएको छ ।

जुनारको फल कुहाउने औसा पार्ने किराको पोथी झिगालाइ फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोट मै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिक कार्कीको भनाई छ । “यो सस्तो र भरपर्दा विषादी हो,” उहाँले थप्नुभयो, “स्प्रेकर्ताले औषधि स्प्रे गरेको ठाँउमा किराहरु झुम्मिएर आउछन् र मर्छन् ।”

गोलान्जोर गाँउपालिका–४ तीनकन्याका जुनार किसान लोकबहादुर आलेमगर जुनार सखाप पार्ने किरा मार्नका लागि उक्त औषधि प्रभावकारी देखिएपछि विषादी छर्न किसान हौसिएको बताउनुहुन्छ । उहाँका अनुसार जुनारको फल दिन सुरु गरेका प्रत्येक किसानले बगैचामा विषादी स्प्रे गरेका छन् । जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत किरा नि’यन्त्रण कार्यक्रम प्रभावकारी देखिएको छ ।

उक्त परियोजनाका अनुसार नेपालमै सबैभन्दा बढि जुनार उत्पादन हुने सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको जलकन्या, गोलन्जोर गाउ“पालिकाको ५ वटै वडा, तीनपाटन गाउ“पालिकाको तोश्रामखोला र सुनकोशी गाउ“पालिकाको मझुवामा गरि ३५ जना स्प्रेम्यान परिचालन गरेर विषादी छिट्न थालिएको छ ।

सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको प्रधानमन्त्री जुनार सुपरजोन परियोजनाले जनाएको छ ।

प्रतिक्रिया