सिन्धुली,२९ बैशाख – ल’कडाउनको अवधिमा कृषकलाई मल उपलब्ध हुन सकस परिरहेको समय युुरिया मलको का’लोबजारी गरेको अ’भियोगमा एकजना व्यापारीलाई सोमवार सिन्धुली प्रहरीले नि’यन्त्रणमा लिएको छ । ८ सय ५० रुपैयाँ मात्र प्रतिबोरा पर्ने युरियामललाई १ हजार रुपैयाँमा बिक्री गरेको आ’रोपमा व्यापारीलाई ७ सय २४ बोरा युुरिया मलसहित प्रहरीले नि’यन्त्रणमा लिएको हो ।
किसानले मल नपाएको गुनासो आइरहेका बेला बढी मूल्यमा मल बिक्री गरेको उजुरीका आधारमा कमलामाई नगरपालिका ६ रातमाटा सिन्धुलीमा रहेकोे जय बागबानी कृषि सहकारी संस्थाका सञ्चालक युवराज दाहाललाई प्रहरीले नि’यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
ब्यापारी दाहाललाई एउटा जिल्लामा बेच्न भनेर ल्याएको मल अन्य ठाउँमा बेचबिखन गरेको समेत आरोप छ । उनलाई नि’यन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रञ्जु सिग्देलले जानकारी दिनु भयो ।
गत बुधवार यहाँका किसानले जय बागबानी कृषि सहकारी संस्थाले बढी मूल्यमा मल बेचेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको गोदाममा छापा मारेर ताला लगाएको थियो । कमलामाई नगरपालिका–६ रातमाटाका दुई गोदाममा छापा मारी प्रहरीले ७२४ बोरा मल पनि नि’यन्त्रणमा लिएको थियो ।प्रहरीले उनकै मल बोकेका तीन वटा ट्रक पनि नि’यन्त्रणमा लिएको छ ।
मल बिक्रेता युवराज दाहालले भने आफूहरुले बढी मूल्यमा मल नबेचेको बताउदै आएका छन । आफूहरुको व्यापारमा रिस गर्नेहरुले यस्तो गरेको भन्दै उनले अनुसन्धानमा सघाउने पनि भन्दै आएका थिए ।
विगत चार वर्षदेखि दाहालले सिन्धुलीमा मल अभाव बनाउँदै अन्य जिल्लामा पठाउने गरेको गुनासो समेत स्थानीयको छ । स्थानीय काँग्रेस नेता दिपक मिश्रले सिन्धुलीमा मल अपुग हुँदाहुँदै अन्य जिल्लामा पठाउन नहुने बताउनु भयो ।
सिन्धुलीमा मल हाहाकार बनाएर बढी मूल्यमा कसैले पनि बेच्न नहुने भन्दै सत्यतथ्य बाहिर आउनुपर्ने मिश्रले माग गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिमबहादुर बस्नेतले गत बुधवार मल नि’यन्त्रणमा लिएर आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाएको बताउनु भयो । उता सिन्धुली प्रहरीले अनुसन्धानको चरणमा रहेको जनाएको छ ।