शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

होशियार , सिन्धुलीमा नक्कली नोट भेटियो

आइतवार , बैशाख २८, २०७७

सिन्धुली,२८ बैशाख – लकडाउनकाबीच बाग्मती प्रदेशको मकवानपुर र चितवनमा अबैध गाजा ओसारपसार चलिरहदा सिन्धुलीमा भने नक्कली नोटको भेटिएको छ । एकहजारको नक्कली नोट कमलामाइ नगरपालिका ५ मधुटारको एक किराना पसलमा आइतबार फेला परेको छ । ख मुनि ५३, –६५३८२१ नं नक्कली हजारको नोट सिन्धुली सौगातको कार्यालयमा सुरक्षित छ ।

उक्त हजारको नक्कली नोट सक्कली जस्तै दुरुस्तै भएपनि त्यसमा टासिएको पाचवटा झिलझिलेमा एउटामा भएर चारवटामा खाली छ । सक्कलीमा पाचवटैमा झिलझिले हुन्छ । त्यस्तै नक्कली हजारको नोटमा गभर्नरको सहिमा कामु लेखिएको र हस्ताक्षर मिलेको छैन् । नक्कलीमा खाली झिलझिलेले गभर्नर लेखिएको छोपिएको छ । नक्कली नोटमा सगरमाथाको फोटोसगैको आकृति धुमिल छ , पछाडिको भागमा अंग्रेजीबाट नेपाल राष्ट्र वैंक लेखिएको छैन् ।

गहिरिएर हेर्दा सजिलै पत्ता लगाउन सकिने खालको नक्कली नोट बजारमा आएको भएपनि हतारमा कारोवार गर्दा केही थाहा हुदैन । सबैले होशियारी गर्नुपर्ने बेला आएको कमलामाइ नगरपालिका ४ का केशव दाहालले बताउनुभयो । नक्कली नोटको कारोवारीहरु सल्वलाएको हुनसक्ने उहाको अनुमान थियो ।

नक्कली नोट हेर्दा धेरै पुरानो जस्तो देखिन्छ । तर लकडाउनकाबीच भैरहेको चोरीका घटनाले अबैध धन्दा गर्नेहरुले अवसरकारुपमा लिएको हुनक्ने जानकारहरु बताउछन् । प्रहरीले भने अवैध कारोवारीको खोजतलाश गर्ने जनाएको छ । कारोवार गर्दा सबैले चनाखो भएर नोट नहेरे अनाहकमा फसिने भएकाले सचेत हुनुपर्ने र प्रहरीहरु कारोवारीको खोजतलाशमा लाग्नुपर्ने भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया