सिन्धुली,२६ बैशाख – छिमेकी जिल्ला उदयपुरमा कोरोना भा’इरसको संक्रमण बढ्दै गएको भएपनि सिमाना जोडिएको सिन्धुलीमा न्यूनतम सतर्कता समेत नअपनाउदा अत्यावश्यक किनमेलमै जो’खिम बढेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली शुक्रवार बसेको सर्बदलिय,सर्वपक्षिय बैठकले शनिवार देखी बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक सामान तथा तरकारी किनमेल गर्नका लागि तीन घण्टाको समय दिने निर्णय गरेको छ । सोही समयमा किनमेल गर्ने र बिक्री वितरण गर्नेले समेत न्यूनतम सतर्कता तथा दुरी कायम नगर्दा जो’खिम बढ्दै गएको छ । किनमेल गर्ने र बिक्री वितरण गर्नेले सामाजिक दुरी कायम गर्ने मास्क सेनिटाइजर प्रयोग गर्ने गर्नुपर्ने भएपनि त्यस्तो देखिएको छैन ।
व्यवसायीले पनि बिक्री वितरण गर्नुसँगै स्वास्थ्यमा ख्याल गरि सामाजिक दुरी कायम गर्न लगाउनुपर्ने हो, कमलामाई नगरपालिका ६ स्टलबजारका मरिण फार्मेसीका माधब देवकोटाले भन्नु भयो, “न्यूनतम सतर्कता समेत अपनाइएको देखिएन, यसले थप जो’खिम बढाउन सक्छ ।” छिमेकी जिल्लामा देखिएको कोरोना भा’इरस र राजमार्गको आवतजावतले जो’खिम बढाइरहेको भन्दै यस्तो अवस्थामा भिडभाड कम गर्नुपर्ने उहाँको भनाई छ ।
कोरोना भा’इरसको रेडजोन मानिएको तराईका विभिन्न जिल्लाबाट समेत निर्बाध रुपमा खाद्यान्न लगायतका अन्य सामान ओसारपसार हुँदा कोरोना जो’खिम बढेको कमलामाई नगरपालिका वडा नं ५ प्लटिङका अर्जुन कार्कीको गुनासो छ् ।
किनमेलमा मात्रै नभएर यहाँका ठूला खाद्यान्न व्यवसायीले खाद्यान्न आयात गर्ने र खाद्यान्न लोडअनलोड गर्ने मजदुरको स्वास्थ्यमा समेत ध्यान दिएका छैनन् । मजदुरलाई व्यवसायीले बेवास्ता गर्दा उनीहरुबाट कोरोना भा’इरसको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् ।
विश्वभर फैलिएको कोरोना भा’इरस रोकथामका लागि गत चैत ११ गतेदेखि सरकारले मुलुक लकडाउन गरेको छ । तर लकडाउनको समयमा खुल्न पाउने अत्यावश्यक पसल तथा किनमेलमा सामाजिक दुरी कायम नगरि भिडभाड बढ्न थालेको छ । ठूला खाद्यान्न व्यवसायी, औषधि पसल, तरकारी पसलमा जो’खिम बढेको देखिएको स्थानीय बताउँछन् । पछिल्लो केहि दिनदेखि सिन्धुलीमा लकडाउनको पूर्ण पालना नहँदा त्रा’स फैलिएको छ ।
जिल्ला प्रशासनबाट सहजै सवारी पास पाउन थालेपछि पास लिएर बजार घुम्ने र भिडभाड गर्ने उत्तिकै बढेको देखिएको छ । प्रशासनमा दैनिक पास लिनेको भिड रहेको छ, जिल्ला प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भन्नु भयो,“ निर्माण व्यवसाय र अत्यावश्यक सामग्री ढुवानी खुल्ला गरेसँगै पास लिनेको भिड भएको हो ।”
पास लिनेको भिड प्रशासनमा बढेपछि हाल जिल्ला प्रशासनले ई पास(अनलाईन) को समेत व्यवस्था गरेको छ । प्रशासनमा पछिल्लो एक सातादेखि नागरिकता बनाउने भन्दा बढी सवारी पास बनाउनेको भिड लाग्न थालेको छ ।