सिन्धुली, २७ बैशाख– बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौँ हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हँुदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो ।
सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पिसिआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नंको माइक्रोबसलाई शनिवार काठमाडौँ जान दिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रोबस सिन्धुलीबाट छाडिए पनि बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ ।

सुनसरीबाट काठमाडौँ हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रोबसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सवै प्रक्रिया पुरा गरेको भएकाले भिमान चेकपोष्टबाट उनीहरुलाई काठमाडौं जान दिइएको थियो । तर पछि सुनसरीले दिएको पासलाई रद्द गर्ने निर्णय भएपछि उनीहरुलाई नेपालथोकबाट फर्काईएको सिन्धुलीका प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।
“उनीहरु केन्द्रबाट सेटिग मिलाएर आएको बुझिएको छ । उनीहरु आफ्नो देश पाकिस्तान जान हिडेको थिए । तर परराष्ट मन्त्रालयले पास नपठाएपछि उनीहरुलाई फिर्ता गरिएको हो” उहाँले भन्नुभयो ।
भिमानमा चेकजाँच गर्दा सुनसरीमा १६ दिन क्वारेन्टाइनमा बसेको प्रमाण पत्र, पिसिआर लगाएतका कोरोना जाँच गर्दा नतिजा कोरोना पुष्टि नभएका स्वास्थ्य जाँच प्रमाण पत्र लगाएत सवै आवश्यक कागजात पुरा भएपछि भिमान चेक पोष्टबाट उनिँहरुलाई काठमाण्डाँै जान दिईएको थियो ।