शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हिर्दिङमा मलसाप्रोले लोकल कुखुरा देखिसहेन

शनिवार , बैशाख २७, २०७७

हिर्दिङ (सिन्धुली),२७ बैशाख – सिन्धुलीको गोलन्जोर गाँउपालिका–५ हिर्दिङका किसान जंगली जनाबर मलसाप्रोको आ तंकबाट आतंकित बनेका छन् ।

किसानले पालेको लोकल कुखुरा खाएर र मारेर मलसाप्रोले आतंकित पारेको स्थानीयको भनाई छ । स्थानीय शिक्षक लेखबहादुर बस्नेतका अनुसार मलसाप्रोले मारेकै कारण अहिले हिर्दिङमा लोकल कुखुराको अ भाव भएको छ ।

“८÷१० वटा लोकल कुखुरा प्राय सबै किसानको घरमा हुन्थ्यो,” उहाँले भन्नुभयो । राती खोरमा मलसाप्रो पसेर खाने र मा र्ने गरेर अहिले गाँउभरी नै लोकल कुखुराको अ भाव भएको छ । सनातन देखिनै कोसीपारेरका लागि गरिने पूजाका लागि समेत लोकल कुखुराका अभाव रहेको उहाँले सुनाउनुभयो ।

स्थानीय किसानका अनुसार लोकल कुखुरा भन्ने बित्तिकै पारखीहरुका लागि भने मुख नै रसाएर आउछ । अधिकांस उपभोक्ताको रोजाईमा पर्ने लोकल कुखुरा किसानले राम्रो मूल्य लिएर गाँउघरमा नै बेच्दै आएका थिए । अहिले भने मलसाप्रोले देखिसहेन ।

स्थानीय नन्दुलाल थापाले भन्नुभो, “कोही पाउना आए भने उनीहरुको रोजाईमा नै लोकल कुखुरा पर्छ । अब त गाँउभरिनै छैन, के खुवाउनु ?” व्यवसायिक रुपमा पालन नगर्नाले जिल्लाभरी नै लोकल कुखुरा लोप हुदै गएको स्थानीय किसानको भनाई छ ।

प्रतिक्रिया