सिन्धुली,२७ बैशाख – को'रोना भा’इरसको सं’क्रमण फैलिन नदिन सरकारले जारी गरेको ल’कडाउन सिन्धुलीमा जनस्तरबाटै उल्लंघन भइरहेको छ । यहाँका मुख्य बजार सिन्धुलीमाढीमा बिहानैदेखि जनता ल’कडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ । सरकारले चैत ११ गतेदेखि जारी गरेको ल’कडाउनको शुरुआती चरणमा जनस्तरबाट उ’ल्लंघन नभए पनि पछिल्लो समय बेवास्ता गर्दै बजारमा निस्कने, साथीभाइ जम्मा हुनेजस्ता क्रियाकलाप बढेको हो ।
ल’कडाउन कार्यान्वयन गराउन प्रहरी दिनरात खटिए पनि त्यसले प्रभावकारिता लिन नसकेको सामाजिक अगुवाहरू बताउँछन् । सिन्धुलीको कमलामाई नगरपालिका–५ का शिक्षाविद् हरिप्रसाद पोखरेल ल’कडाउन जनताकै लागि हो भन्ने कुरा जनताले नबुझ्नु दुःखद् भएको बताउनुहुन्छ । “ल’कडाउनको पूर्णपालना गराउन प्रहरीले बस्तुस्थिति बुझी कडाई गर्नुपर्ने र खेतीकिसानीको समय भएकाले पनि प्रहरी पनि अलि लचक बन्नुपर्ने अवस्था आएको देखियो”, पोखरेलले भन्नुभयो, “बिहान र साँझपख भीड धेरै नै बढ्न थालेपछि सं ’क्रमणको चिन्ता थपिएको छ ।”

ल’कडाउनको शुरुआती समयमा प्रहरीको व्यापक सक्रियता तथा जनस्तरमा रहेको त्रासका कारण ल’कडाउन कार्यान्वयनले सफलता पाएको भए पनि पछिल्लो समय जनस्तर लापरवाही व्यापकरूपमा बढ्न थालेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत भिमबहादुर बस्नेतले बताउनुभयो । आफूहरू प्रहरीसँग सहकार्य गरेर ल’कडाउन कार्यान्वयन गराउने काममा निरन्तर लागिपरेको भएता पनि पछिल्लो समय जनस्तरबाटै ला’परवाही बढेको बस्नेतले बताउनुभयो ।
युवा तथा वयस्कहरूले बिहान मर्निङवाक र बेलुका घुमफिर गर्ने गर्दा जो ’खिम बढ्दै गएको बस्नेतले बताउनुभयो । बिनामास्क, पञ्जालगायत जोखिम न्यूनीकरणका उपायसमेत नअपनाइ मोटरसाइकलमा हिँड्नेलाई कारवाही गर्न प्रहरीलाई भनेको भएता पनि विभिन्न चो’रीका बाटो हिँड्ने गरेका कारण समस्या र चि’न्ता थपिएको बस्नेतले बताउनुभयो । विश्वभर कोरोनाको त्रा’स छ तर हामीकहाँ यति धेरै ला’परवाही बढिरहेको देख्दा चि’न्ता थपिएको बस्नेतको भनाइ छ । ल’कडाउन उल्लंघन गर्नेलाई पटक–पटक सम्झाउँदा पनि नभएको बताउनुहुन्छ । म’हामारीविरुद्ध सरकारले गरेको ल’कडाउन जनताले आफ्नै लागि हो भन्ने बुझ्न नसक्नु दु’र्भाग्य भएको उहाँको भनाइ छ ।

ल’कडाउनमा पनि बजारमा सामान किन्न मानिस समूह बनाएर आउने गरेकाले जोखिम बढेको कमलामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष उज्वल थापा बताउनुहुन्छ । साना–साना बच्चा काखमा च्यापेर महिला न्यूनतम स ’ुरक्षासमेत नअपनाइ हिँडिरहेको पाइएपछि आफूहरूले सतर्कता अपनाउँदै घरमै बसिदिन आग्रह गर्ने गरेको उहाँको भनाइ छ । गाउँघरमा नाम कहलिएका भद्रभलादमीहरूबाट ल’कडाउनको बढी उ’ल्लंघन बढेकाले थप चुनौती बढेको थापाको गुनासो छ ।
सिन्धुलीमा शुक्रवारमात्रै ल’कडाउनको उल्लंघन गर्ने २० वटा सवारीसाधन नि’यन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनएको छ । ल’कडाउन कार्यान्वयन गराउन प्रहरी परिचालन बढाउनुका साथै ल’कडाउन उ’ल्लंघन गर्नेमाथि विभिन्न किसिमका कारवाही गरिँदासमेत केही ठाउँमा विभिन्न बहानामा ल’कडाउन उ’ल्लंघन बढेको प्रति प्रहरी सचेत रहेको र प्रहरी परिचालन बढाउँदै ल’कडाउन कार्यान्वयनमा लागेको प्रहरीले जनाएको छ ।