शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा निर्माण सामाग्रीहरुे ढुवानी गर्न पाउने

शुक्रवार , बैशाख २६, २०७७

सिन्धुली,२६ बैशाख– सिन्धुलीमा संचालित महत्वपुर्ण आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरु सप्लायर्सहरुले ढुवानी गर्न पाउने भएका छन् । शुक्रवार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्लामा संचालन भएको महत्वपुर्ण आयोजनाहरुका लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरुको सहजताका लागि सम्बन्धित स्थानिय सरकारले सिफारिसमा निर्माण सामाग्री सप्लायर्सहरुले निर्माण सामाग्री दुवानी गर्न पाउने निर्णय गरेको छ ।

बैठकले गत बैशाख २ गते तराईका जिल्लाबाट सिन्धुलीका लागि आवश्यक पर्ने माछा, अण्डा, खुकुराको चल्ला ल्याउन लगाएको प्र’तिबन्ध खुल्ला गर्ने निर्णयलाई अनुमोदन समेत गरेको छ । गत बैशाख १६ गते बसेको सं’कट व्यवस्थापन केन्द्रको बैठकले माछा, अण्डा, खुकुराको प्रतिबन्ध फुकुवा गरेकाले शुक्रवारको बैठकले अनुमोदन गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत भिमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बैठकले अत्यावश्यक बस्तुहरु खाद्यान्न, दुध र तरकारीका पसलहरु खोल्ने समय दुई घण्टा घटाएर विहान ७ बजे देखि १० बजे सम्म मात्रै खोल्न दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया