सिन्धुली,२६ बैशाख– सिन्धुलीको कमलामाई नगरपालिका भित्रका पसलमा तरकारीको बिक्री मूल्यमा एक रुपता ल्याईने भएको छ ।
एउटै तरकारीको मूल्य पसलै पिच्छे फरक रहेको उपभोक्ताले गुनासो गरेपछि नगरपालिकाले तरकारीको मुल्यमा एक रुपता ल्याउन विहिबार व्यापारीसँग छलफल गरेको जनाएको छ ।
नगर प्रमुख खड्ग बहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा लगायतको उपस्थितिमा भएको छलफलमा तरकारीको खरिद मुल्यको दर रेट ४ दिन भित्र नगरपालिकाको कार्यालयमा उपलब्ध गराउने निर्णय भएको छ । छलफलमा तरकारी खरिदको उपलब्ध दर रेटका आधारमा सवै तरकारी व्यापारीहरुलाई सरकारी दर रेटसग मुल्यांकन गरि स्थानीय दररेट निर्माण गर्ने र सोहि अनुसार तरकारी बिक्री वितरण गर्ने सहमति भएको कमलामाई नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाका तरकारी व्यापारीहरुले स्थानिय उत्पादन र वाहिरी क्षेत्रवाट उत्पादन भएका तरकारीहरु सस्तो मुल्यमा खरिद गरि महँगो मुल्यमा बिक्रिवितरण गर्ने गरेको उपभोक्ताबाट गुनासो आएपछि व्यापारीसँग छलफल गरी यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ ।