शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

हा वाहुरीका कारण सिन्धुलीमा ७१ घरको छानो, ११ टनेल उड्यो

शुक्रवार , बैशाख २६, २०७७

सिन्धुली,२६ बैशाख – बिहीवार दिउसो पानीसँगै आएको भि'षण हा'वाहुरीका कारण सिन्धुलीमा ठुलो मात्रामा घर, गोठ र तरकारी खेतीमा क्षति गरेको छ । जिल्लाका पाँच स्थानिय तहमा ७१ घरको छाना, गोठको छाना र तरकारी खेतीमा प्रयोग भएको प्लाष्टिक टनेल र स्क्रिन हाउस उढाएको छ ।

हा'वाहुरीले गोलन्जोर गाउपालिकामा सबैभन्दाबढी क्षति गरेको छ । गोलन्जोर गाउपालिकामा मात्रै ५२ वटा घरको छानो उडाएको छ । गोलन्जोर गाउँपालिका वडा न.१ मा ४ वटा घर, वडा नं. २ मा २ वटा घर, वडा नं. ३ मा २ वटा घर, वडा नं.४ मा ४४ वटा घर, वडा नं. ५ मा ६ वटा घर, १ वटा गोठ , तरकारी खेतीको टनेला ११ वटा र १ स्क्रिन हाउस उढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका वडा नं.४ मा १ वटा घर, दुधौली नगरपालिका वडा न.५ मा ४ वटा घर, वडा नं. ६ मा १ वटा घर, वडा नं. ७ मा १ वटा घर, वडा नं. ८ मा १ वटा घर, वडा नं.९ मा १ वटा घरको छाना उढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनु भयो ।

उता हावाहुरीले मरिण गाउँपालिका वडा नं. ६ मा एक घरको छाना उढाउनुका साथै घर भत्काएको छ । आज दिउसो पानीसँगै आएको हावाहुरीले मरिण गाउँपालिका वडा नं. ६ का जय बहादुर गोलेको घरको छाना उढाउनुका साथै घर भत्काएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनु भयो । हावाहुरीले घरको छाना उढाएर घरमा बस्न नमिल्ने भएपछि गाउँपालिकाले तत्काल बस्नका लागि छाप्प्रो बनाउन ३ बन्डल जस्ता उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बम्जनले बताउनु भयो ।

'

हावाहुरीले मरिण गाउँपालिकाको विभिन्न सामुदायिक वन तथा निजी वनको रुखहरु ढालेको अध्यक्ष बम्जनको भनाई छ । उता बिहिवारनै पानीसँगै आएको भिषण हावाहुरीले हरिहरपुरगढी गाउँपालिकामा पनि क्षति गरेको छ ।

त्यस्तै हरिहरपुरगढी गाँउपालिका वडा नं. १ मा करिव ३ वटा घरको छाना उढाएको भन्ने खबर आएको गाँउपालिका अध्यक्ष कार्साङ लामाले जानकारी दिए । हावाहुरीले कहाँ कति क्षति ग¥यो भन्ने थप खबर आउनेक्रम रहेको उहाँले जानकारी दिनु भयो ।

जिल्लाका सबै स्थानिय तहमा आएको हावाहुरीले स्थानियको केरा, आप, लिच्ची, जुनार सुन्तला लगाएका फलफुलमा क्षति गरेको छ । गोलन्जोर गाउपालिकाको जुनारमा पनि क्ष'ति गरेको छ ।

प्रतिक्रिया