शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा को’रोना सं’क्रमितको श’व व्यवस्थापन सम्बन्धी पूर्वाभ्यास

बिहिवार , बैशाख २५, २०७७

सिन्धुली, २६ बैशाख – विश्वव्यापी म’हामारीका रुपमा फैलिएको को’रोना भा’इरस (को’–भिड–१९) को संक्र्रमण नेपालमा पनि बढ्दै गएपछि नेपाली सेनाले सिन्धुलीमा को’रोना सं’क्रमितको शव व्यवस्थापन सम्बन्धी पूर्वाभ्यास गरेको छ ।

को’रोना सं’क्रमित मृतकको संख्यामा वृद्धि भएर भ’यावह स्थिति सिर्जना भएमा मृ’त शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ मध्य पूर्वी पृतना र वर्दबहादुर गण सिन्धुलीको समन्वयमा सिन्धुलीमाढीमा श’व व्यवस्थापन पूर्व अभ्यास गरिएको हो ।

सेनाले सिन्धुलीमाढीको लोकतान्त्रिक चौरमा रहेको को’रोना भा’इरस सं ’क्रमित मृ’त शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको हो ।

डेमोष्ट्रेसन कार्यक्रम विशेषतः प्याटेन्ट रिसिभर टिम (पीआरटी)ले शं’कास्पद संक्रमित भेट्दा गरिने कारबाही, व्यक्तिगत सुरक्षा सामाग्री पिपिई प्रयोग गर्ने, शंकास्पद विरामीलाई अस्पताल सम्म पु¥याउने, को’रोना सं’क्रमित मृ’त शरीरको व्यवस्थापन गर्ने तरिका र एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रित रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।

यसैबीच को’रोना भा’इरसको सं ’क्रमण फैलिन नदिन सरकारले गरेको ल’कडाउन सिन्धुलीमा उल्लंघन हुन थालेपछि बिहीवार बिहानैदेखि प्रहरीले क’डाई गरेको छ । प्रहरीले ठाउँठाउँमा ल’कडाउन उल्लंघन गरी सडकमा आवतजावत गर्नेलाई सचेत गराइरहेको छ । जिल्ला भित्रका र बाहिरी जिल्ला बिशेष गरी २ नं. प्रदेश र पुर्वी तराईका जिल्लाबाट सवारी साधान आउनेक्रम नरोकिएपछि बिहानैदेखि लकडाउनलाई थप क’डा पारिएको छ ।

प्रतिक्रिया