शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ल'कडाउन उल्लंघन गर्नेमाथि प्रहरीको नि'गरानी बढ्यो

बिहिवार , बैशाख २५, २०७७

सिन्धुली, २५ बैशाख – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४५ औं दिन हो ।

गत चैत ११ देखि लागु गरिएको लकडाउन ४५ दिनसम्म आइपुग्दा जनजीवन प्र'भावित भएको छ । उसो त सरकारले बुधवार मात्र थप दश दिन ल'कडाउन थपेको छ । अब जेठ ५ गतेसम्म ल'कडाउन कायम रहने हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

यसैबीच ल'कडाउन पूर्ण पालना गराउन सिन्धुलीको सु'रक्षा निकायले जाँ'चलाई क'डा बनाएको छ । आज पनि सिन्धुलीका विभिन्न क्षेत्रमा ल'कडाउनको पूर्ण पालना भएको छैन । सिन्धुलीमाढी बजार लगायत ठाउँमा जनपद प्रहरी, शसस्त्र प्रहरी लगायतले सवारीसाधनको जाँ'चमा क'डाइ गरेको देख्न सकिन्छ । आज सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख सहितको टोलि आफैँ फिल्डमा उत्रेर ल'कडाउनको पालना गराइरहनु भएको थियो । उहाँहरु सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित धुराबजार, माढिबजार हुदैँ भि'डभाड हुने मुख्य ठाउँहरुमा ल'कडाउन पालनागराउन निस्कनु भएको थियो ।

सडकमा अ'त्यावश्यक सवारीसाधन, कर्मचारीका साधन, ढुवानीका साधनको चाप भने बढेको देखिन्छ । अ'त्यावश्यक र पासवाहक सवारीसवारी साधनको भि'डले सडक व्यस्त बनेको छ । सडकमा सवारीसाधनको बाक्लो देख्न सकिन्छ । अ'नावश्यक रूपमा सञ्चालन गरिएका सवारीसाधनलाई प्रहरीले नि'यन्त्रणमा लिएको छ । यस्तै सिन्धुलीका भित्री सडकहरूमा भने दैनिक उपभोग्य पसलहरू निर्वाध खुलेका छन् । आफ्नो घरनजिकको पसलमा सर्वसाधारणले दैनिक उपभोग्य सामग्री किनमेल गरेको देखिन्छ ।

प्रतिक्रिया