शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा यूरिया मलमा व्या'पक का’लोबजारी

बिहिवार , बैशाख २५, २०७७

सिन्धुली २५ बैशाख – लकडाउनको बेलामा कृषि सहकारीहरुले व्या'पक का’लोबजारी गरेको सिन्धुलीका कृषकहरुले गु'नासो गरिरहेका छन् । सरकारले वितरण गर्दै आएको अनुदान मलमा सहकारीहरूले का’लोबजारी गरेको गु'नासो बढिरहदा बुधवार सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रहेको जय बागवानि कृषि सहकारी संस्था लिमिटेडको गोदाममा सात सय २७ बोरा यूरिया मल भेटिएको छ । सिन्धुलीमा यूरिया मलको च'रम अ'भाव भइरहदा सहकारीमा भने ठूलो मात्रामा यूरिया मल भेटिएको हो । विक्रेताले ग्राहकलाई खरिद बिल दिन आनाकानि गरेपछि सहकारीको ब’दमासि बाहिरीएको थियो ।

जिल्ला समन्वय समितिका सभापति शंकरराज बर्मा, वडा नं ४ का वडाध्यक्ष महेन्द्र ढकाल, उपभोक्ता समितिको अध्यक्ष अच्युतम ढकाल, नेपाली काँग्रेसका नेता दिपक मिश्र लगायतको टोलि उपभोक्तासँग चर्को मूल्य लिएको खबर पाउनासाथ गोदाममा पुगेको थियो । गोदाममा पुग्दा त्यो भन्दा फरक दृश्य पनि देखियो । ब'रामद गरिएको यूरिया मल रामेछाप लानकालागि ट्रकमा लोड गरिदैँ थियो । सिन्धुलीमा नै यूरिया मलको च'रम अ'भाव भइरहेको बेला सहकारीले अन्य जिल्लामा मल पु र्‍याउन खोज्नु शं'कास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय लगायत जिम्मेवार निकायका कर्मचारीलाई खबर गरिएको थियो । स्थानिय प्रशासनले तीनवटा ट्रकमा रहेको यूरिया मललाई नि'यन्त्रणमा लिई सहकारीमा सि'ल गरेको छ । यता प्रहरीले घ'ट्नाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

हाल अनुदानको मल कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले मात्रै बिक्री गर्दै आएका छन् । यी दुई निकायबाट सहकारीले मल प्राप्त गर्छन् । कृषि सामाग्री कम्पनी लिमिटेडले आवश्यकता अनुसार सहकारीहरुलाई विक्रि गर्छ भने सहकारीले सोझै साल्ट ट्रेडिङबाट पनि निर्यात गर्न सक्छ । जय बागवानि संस्थाले भने साल्ट ट्रेडिङबाट मल ल्याएको हो । कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीले रामेछाप, सिन्धुली र दोलखामा रहेका सहकारीहरुलाई मल आपूर्ति गर्नुपर्नेमा सिन्धुलीमा रहेको सहकारीले रामेछापमा रहेको अर्को सहकारीलाई बेच्न खोजेको बुझिएको छ । पछिल्लो समय रामेछापमा यूरिया मलको च'रम अ'भाव देखिएको छ । धेरै मूल्य पाउने लोभमा सहकारीले सिन्धुलीमा नभएर रामेछापमा मल विक्रि गर्न खोजेको स्थानिय कृषकले बताउनुभयो ।

कनपा–५ का वडाध्यक्ष महेन्द्र ढकालका अनुसार अनुदानको मल कृषकलाई बाढ्दा स्थानिय प्रशासनको रोहबरमा बाढ्नुपर्ने हुन्छ । च'रम अ'भाव भएका कारण स्थानिय प्रशासन, प्रहरी लगायतको संलग्नतामा मल बिक्रि गर्नुपर्ने हुन्छ ।

बहाना देखाउँदैँ चर्को शूल्क कृषकसँग असुल्दै सहकारी

ल'कडाउनका कारण सिन्धुलीमा रहेका कृषि सहकारीले मनोमानि ढंगमा मल विक्रि गरिरहेको कृषकले गुनासो गरेका छन् । केहि समय अघिमात्र कनपा–७ माझिटारमा प्रति बोरा १२ सय मूल्य तिरेर युरिया मल खरिद गरेको एक कृषकले बताए । उहाँले नाम नबताउने शर्तमा भन्नुभयो, “सहकारीले कृषकसँग च'र्को मूल्य लिइरहेका छन् । तर पनि जनप्रतिनिधि र स्थानिय प्रशासन मौन बसेको छ ।” सिन्धुलीमा आठ सय रुपैँयामा यूरिया मल बेच्दा सहकारीलाई प्रति बोराबाट १७ देखि २० रुपैँयासम्म फाइदा हुन्छ । तर, ल'कडाउनका कारण सहकारीले यातायात भाडामा वृद्धि भएको भन्दै अनेक बहाना बनाएर चर्को शुल्क लिएको कृषकहरुको गुनासे छ ।

अनुगमन नहुँदा का’लोबजारी फस्टायो

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार स्थानीय तहमा जनप्रतिनिधिले नै बजार अ'नुगमन गर्ने हो । तर, सिन्धुलीमा प्रभावकारी ढंगमा अनुगमन नहुँदा उपभोक्ताहरु मा'रमा परेका छन् । ल'कडाउनको समयमा कमलामाई नगरपालिका, स्थानिय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवाला निकायले बजार अ'नुगमन नगर्दा कृषक तथा उपभोक्ता प्र'भावित बनेका छन् ।

प्रतिक्रिया