शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा एकै दिन २३ जनालाई क्वा’रेन्टाईनमा राखियो

बिहिवार , बैशाख २५, २०७७

सिन्धुली,२४ बैशाख – सिन्धुलीको विभिन्न स्थानिय तहमा बुधवार २३ जनालाई क्वा’रेन्टाईनमा राखिएको छ । कमलामाई, दुधौली नगरपालिका र मरिण गाँउपालिकामा गरी २३ जनालाई क्वा’रेन्टाईनमा राखिएको हो ।

मरिण गाउपालिकाले बुधवार १८ जनालाई क्वा’रेन्टाईनमा राखेको छ । को ’रोना भा’ईरसको सं ’क्रमीत भेटिएको जिल्ला रौतहटबाट आएका ४ जना बालबालिका सहित १८ जनालाई मरिण गाँउपालिकाले क्वा’रेन्टाईनमा राखेको हो । मरिण गाँउपालिका वडा नं. ७ थामी टोल घरभई रौतहटको पर्सुवा स्थित बि ईट्टार्भट्टामा काम गर्दै आएका उनीहरु सबै १८ जना पैदलै हिडेर सिन्धुलीको हरिहरपुरगढी गाउपालिका आईपुगेका थिए । रौतहटबाट आउनेहरुमा १३ जना पुरुष, ५ महिला रहेको मरिण गाउपालिकाका स्वास्थ्य शाखा संयोजक मधु लाखेले जानकारी दिनुभयो । रौतहटबाट हिडेरै हरिहरपुरगढी गाउपालिकामा आईपुगेका उनीहरुलाई मंगलवार राती हरिहरपुरगढीको क्वारेन्टाईनमा राखिएको र बुधवार मरिण गाँउपालिकाले त्यहाबाट उद्धार गरी ल्याएर मरिण बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टाइन राखिएको मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । सामान्य चेकजाँच पछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उहाँको भनाई छ ।रौतहटमा अहिले सम्म ३ जनामा को’रोना भाईरस सं’क्रमित फेला परेको सरकारले पुष्टी गरेको छ ।

यता सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा पनि ५ जना क्वा’रेन्टाईनमा राखिएको छ । कमलामाई नगरपालिका –६ भु– संरक्षणको कार्यालयमा रहेको क्यारेन्टाईनमा रौतहट, सर्लाहीको हरिवन र जनकपुरबाट आएका एक÷एक जना गरी तिन जना र दुधौली नगरपालिकाको क्वा’रेन्टाईनमा २ जना गरी ५ जना क्यारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिका –६ भु– संरक्षणको कार्यालयमा रहेको क्वा’रेन्टाईनमा राखिएकाहरु सिन्धुलीमाढीमा विभिन्न पेसा व्यवसाय गर्ने व्यक्तिहरु रहेका छन् ।

प्रतिक्रिया