शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस्तो छ सिन्धुलीमा ल’कडाउन सु’रक्षा

बुधवार , बैशाख २४, २०७७

सिन्धुली,२४ बैशाख – तिन वटा राष्ट्रिय राजमार्गहरुले छोएको र पूर्व–पश्चिम जाने यातायात साधनको ‘ट्रान्जिस्ट प्वाइन्ट’ मध्य पहाडी जिल्ला सिन्धुलीमा पनि ल’कडाउन जारी छ । को’रोना प्र’कोपले छिमेकी जिल्लाहरु आक्रान्त बनिरहँदा सिन्धुली जिल्लामा भने अहिलेसम्म एकजनामा पनि को’रोना सं’क्रमण देखिएको छैन । तर, छिमेकमा को’रोना सं’क्रमण देखिँदा अहिले सिन्धुलीबासी ढु’क हुने स्थिति छैन ।

स्थानीय बुद्धिजिवीहरुले सिन्धुली जिल्लामा आउने सबै नाका शिल गर्न आवश्यक रहेको औल्याउँदै आएका छन । यहाँका राजनीतिक दल, व्यवसायी, स्थानीय प्रशासन, स्थानीय सरकार सबैले आ–आफ्नो ठाउँबाट सतर्कता अपनाएर भूमिका निर्वाह गरिरहेका छन् । तर, पछिल्ला दिनहरुमा सदरमुकाम सिन्धुलीमाढी बजारमा मान्छेहरुको आउजाउ बाक्लिएको केहीको गुनासो छ ।

समग्रमा सिन्धुलीमा ल’कडाउन सु’रक्षा व्यवस्था कसरी मिलाइएको छ ? भनेर हामीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलसँग जानकारी लिएका छौं । उपरीक्षसिग्देलसँग गरिएको ‘सिन्धुलीको वर्तमान स्थिति र सु’रक्षा चुनौती’बारे गरिएको कुराकानी, उहाँकै शब्दमा–

सिन्धुलीमा जे जति आरटीडी र पीसिआर टेस्ट भए सबै नेगेटिभ आएको छ । १० वटा जिल्लासँग सिमाना जोडिएको विशेष गरेर एक नम्बर र दुई नम्बर जोडिएको छ । निकै लामो हाइवे भएकाले विभिन्न ढुवानीका गाडी, खाद्यान्न, निर्माण सामग्री यहीँ बाटोबाट गइरहने हुँदा विशेष सजगता अहिले अपनाइएको छ ।

छिमेकी जिल्ला उदयपुरमा सं’क्रमण देखिएपिछ अहिले सिन्धुली जिल्लाको दुधौलीको नाकामा कडाई गरिएको छ । अहिले त्यहाँ झन सजगता अपनाइएको छ । यता चुरेतिर चाल’कहरुको चेकजाँच गरेर पठाउने भित्र्याउने काम भइरहेको छ । सानेटाइजर छर्किने काम पनि हामीले गरेका छौं । लक्षण नै नदेखिकन ज्वरो समेत नआइ को’रोना देखिएको खबरहरु आइरहँदा ‘क्यारिएर’को रूपमा आउने झन खतरा देखिएको छ ।

यता स्थानीय स्तरमा किनमेलमा आउनेका लागि उद्योग बाणिज्य संघ सिन्धुलीसँग समन्वय गरेर काम भइरहेको छ । सानेटाइजरको पार्ट उहाँहरुले हेरिरहनुभएको छ । बजारमा हिड्ने र किन्ने सबैले मास्क, ग्लोब लगाउने सुरक्षित दूरी कायम गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं ।

प्रहरीले त गर्छ नै, आमनागरिकहरुले पनि आफै सजग हुनुपर्ने चेतना आउनुपर्ने रहेछ । यहाँ बिहान ६ बजेदेखि ११ बजेसम्म पसल खुल्ला रहन्छ । ११ बजेपछि को’रोना आउने भयो भन्ने बुझाइ आम रूपमा देखिन्छ । यस्तो बुझाइ गलत हो । आममान्छेमा के भ्रम छ भने बाहिरबाट आउने मान्छेमा मात्रै को’रोना सं’क्रमण हुन्छ तर आफ्नो घरमा आउने पाहुना इष्टमित्रलाई को’रोना हुँदैन भन्ने सोचाइ राख्ने, बाहिर सूचना नदिनेचाहिँ समस्या देखिएको छ । अरु जिल्लाको स्थिति हेर्दा को’रोना समुदायमा पनि फैलिएको हो कि भन्ने आशंका ब्याप्त छ । यस्तोमा हामी पनि सजग हुनु आवश्यक छ ।

प्रहरीको स्थिति स्थानीय बासिन्दाको तुलनामा निकै कम छ । करीब ३ लाख जनसंख्या रहेको सिन्धुलीमा ३२५ जनाले हेर्नुपर्ने स्थिति छ । यसरी हेर्दा समुदायका सबै ठाँउमा प्रहरी पुग्ने स्थिति छैन ।त्यसमाथि समुदायमा प्रहरी पुग्दा स्थानीयहरु लुकेको जस्तो गर्ने, प्रहरी हिडेपछि घर बाहिर टोलमा निक्लने, त्यो काम हामीले देखिरहेका छौं । ल’कडाउन भनेपछि यसरी बाहिर निक्लन नहुने हो ।

कतिपयलाई यहीँ हो मौका, अहिले ब्यापार गरौं भन्नेछ । त्यस्ता केही ब्यक्तिलाई हामीले कारवाही पनि गर्यौ । महङ्गोमा सामग्री बेचेका केही ब्यापारीलाई हामीलाई कारबाही पनि गरेका छौ । तर समग्रतामा वडा अध्यक्षज्युदेखि गाउँपालि’का प्रमुखसम्मले बाहिरबाट आएका मान्छेहरुको लागत राख्ने काम गर्न सहयोग गर्नु भएकाले हामीलाई पनि सजिलो भएको छ ।

प्रहरीको चौकी स्तरले नयाँ मान्छेलाई ‘ट्रयाकिङ्ग’ गर्ने काम गरेको छ । शंकास्पद छ भने ल्याएर चेकजाँच गर्ने काम भएको छ । आरटीडी टेस्ट गरेर क्वारेन्टाइनमा राख्नुपर्ने भए त्यस्तो ठाउँमा राख्ने गरिएको छ ।

प्रहरीले सीमित स्रोतका बाबजुद आफ्नै प्रयासबाट केही मास्कहरु पनि खरिद गर्यौ । तालुक कार्यालयको निर्देशनलाई अक्षरस पालना गरेका छौं । केही बित्तीय संस्था र रेडक्रसले हामीलाई सहयोग गर्नुभएको छ । स्थानीय सरकारबाट केही सहयोग भएका छन् ।

पिपिइचाहिँ सजिलै पाउने स्थिति छैन । अहिले पिपिइ हामीसँग एकदमै कम छ । अत्यावश्यक अवस्था आएमा प्रयोग गर्ने भनेर हामीले १२ वटा पिपिइ स्टक राखेका छौं । कोही सं’क्रमितलाई गएर छुनैपर्ने अवस्थामा हामीले यो प्रयोग गर्ने भनेका छौं । अहिले ग्लोब्सको जोहो जसोतसो गर्न लागेका छौ ।

सिन्धुलीमा बिस्तारै रास्ट्रिय गौरवका आयोजनाहरु र गाउँपालि’का अनि नगरभित्र रोकिएका निर्माण कार्यहरू बिस्तारै सहजीकरण गर्ने भन्ने कुरा आएको छ । अहिले विशेष गरेर निर्माण सामग्री ढुवानी गर्दा मानिसहरु ओहोरदोहोर गरेको देखिन्छ । अहिले पनि अनावश्यक रूपमा बाहिर ननिस्कनु भनेर हामीले माइकिङ्ग लगायत जनचेतनामुल’क काम गरिरहेका छौं ।

सिन्धुलीमा ल’कडाउन सुरुवातका दुई हप्ता हामीले तरकारी किनबेच रोकेका थियौ । स्थानीय रूपमा तरकारी महंगो भयो । कालाबजारी हुन थाल्यो भनेर गुनासाहरु आए । ३० रुपैया पर्ने कुनै तरकारी १२० रुपैया सम्ममा बिक्री हुन थाल्यो भन्ने जनगुनासो आउन थालेपछि सर्बपक्षीय बैठकले तरकारी बजार खोल्ने निर्णय गरेको हो । हामीले तरकारी खाद्यान्नका गाडीहरुलाई सेनिटाइज गर्नुपर्छ भनेर आग्रह गरेका छौं । तरकारी पकाएर खाने हुँदा धेरै जोखिम छैन भन्ने चिकित्सकहरुको समेत सल्लाह अनुसार जोखिम नहुने देखिएपछि तरकारी बिक्रीवितरण खुलेको अवस्था हो । तर अहिले पनि हामीले फलफूल ल्याउन भने रोकेका छौ ।

गाडी सेनिटाइज गरेर मात्रै बजार पठाउने भनेका छौं । तरकारी बेच्दा र किन्दा ग्लोब र मास्क लगाएर मात्रै कारोबार गर्न भनेका छौ । यस्तै भौतिक दूरी कायम राखेर यस्ता व्यवसाय गर्न हामीले उद्योग बाणिज्य संघलाई भनेका छौं ।

अहिले पछिल्लो समयमा मानिसहरुलाई घरमै बस्नुपर्दा मानसिक तनाव भएको हुनसक्छ । यस्तोमा रमाइला म्युजिकहरु सुन्ने, टिभि र इन्टरनेटमा सकारात्मक कुरा हेर्ने गर्दा तनाव व्यवस्थापन गर्न सकिन्छ । अहिले बदाम बेच्ने, चटपटे बेच्ने, मकै पोल्ने जस्ता निम्न आयआर्जनका काम गर्नेलाई बन्दाबन्दीले कति गाह्रो भएको होला ? मानवीय पक्षमा पनि हामी सबैले बिचार मनन गर्नुपपर्छ ।

प्रतिक्रिया