शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ल’कडाउन उल्लंघन बढ्दो

बुधवार , बैशाख २४, २०७७

सिन्धुली – सिन्धुलीमा सर्वसाधारणबाट ल’कडाउनको प्रभावकारी कार्यान्वयनमा अ’सहयोग भएको छ । सर्वसाधारणकै हितका लागि कोभिड–१९ सं’क्रमणको जोखिम न्यूनीकरण गर्न ल’कडाउन जारी गरिएको भए पनि यहाँ सर्वसाधारणबाट ल’कडाउन उल्लंघन गर्ने क्रम बढ्दो छ । सिन्धुलीको बजारमा बढेको ल’कडाउन उ’ल्लंघनले सं ’क्रणको जोखिम बढाएको छ । कोरोना भा’इरस सं’क्रमणको लामो समयपछि समेत कोभिड–१९ का लक्षणहरु देखिने हुँदा ल’कडाउन उल्लंघनले समस्या निम्तन सक्ने भन्दै प्रशासनले ल’कडाउनको प्रभावकारी कार्यान्वयनमा सघाउ पुर्‍याउन जिल्लावासीलाई अपिल गर्दै आएको छ ।

जिल्लाको सदरमुकाम सिन्धुली माढीमै अत्यावश्यकबाहेकका बजार पसलसमेत खोल्ने, अ’नावश्यक भी’डभाड गर्ने तथा सवारी साधन सञ्चालन गर्ने क्रम बढेको छ । सदरमुकाममा अत्यावश्यकबाहेकका अन्य सामग्रीको पसलसमेत आंशिकरूपमा खुल्न थालेका छन् । प्रहरीले कडाइ गरेको समयमा यस्ता पसल बन्द गर्ने र प्रहरीको आँखा छलेर खोल्ने क्रम बढ्दो छ । प्रहरीले दैनिकरूपमा गस्ती गर्नुका साथै सर्वसाधारण तथा व्यवसायीलाई समेत तुल्याउँदै आएको भए पनि ल’कडाउन कार्यान्वयनमा सर्वसाधारणबाट सहयोग भएको छैन ।

यहाँका सानादेखि ठूलासम्म किराना पसल विगतबाटै आंशिकरूपमा खुल्दै आएकामा पछिल्लोपटक अन्य पसलसमेत खुल्न थालेका हुन् । यहाँ धेरै किराना पसल तथा स–साना होटल एकै स्थानबाट सञ्चालित छन् । जसकारण धेरै मानिस भेला हुने तथा भीडभाड हुने गरेको छ । सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्रलगायतले ल’कडाउनको प्रभावकारी कार्यान्वयनमा सहयोग गरी कोभिड–१९ को सं’क्रमणबाट बच्न सहयोग गर्न सर्वसाधारणलाई नियमितजसो अपिल गर्दै आएका छन् ।

यस्तै यहाँका ग्रामीण सडकमा दुईपांग्रे तथा चारपांगे सवारी साधन सञ्चालन गर्ने क्रमसमेत बढिरहेको छ । प्रहरीको आँखा छलेर अत्यावश्यक काम नहुनेले समेत सवारी साधन सञ्चालन तथा प्रयोग गरिरहेका छन् । यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय काममा खटिएका सवारीका साधनले समेत यात्रु बोक्ने गर्नाले सं’क्रमणको जोखिम बढेको हो । प्रहरीले दैनिकजसो अत्यावश्यक काममा बाहेक सञ्चालित सवारी साधन नियन्त्रणमा लिने गरेको छ । तर, जनप्रतिनिधि तथा अन्य पहुँचवालाको दबाबमा नियन्त्रणमा लिइएका सवारी साधन एक÷दुई दिनमै छाड्ने क्रमले सवारी साधन सञ्चालन निर्वाधजस्तै बनेको छ ।

ल’कडाउनको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायले बिपि राजमार्ग, मध्यपहाडी लोकमार्ग र अन्य सडकहरुमा नियमित गस्ती तथा अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली जनाएको छ । यस क्रममा सवारीका कारण राजमार्ग क्षेत्रमा को'भिड–१९ को सं’क्रमण फैलन सक्ने भन्दै सुरक्षा निकायले सचेत तुल्याउन थालेका छन् ।

यद्यपि यहाँ निसं’क्रमण, सचेतना तथा सतर्कता, ल’कडाउनको प्रभावकारी कार्यान्वयन, अत्यावश्यक सवारी साधन सञ्चालनमा रोक लगाउने कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिका देखिएको छैन । अत्यावश्यक क्षेत्रका लामो दूरीका सवारीका साधनमा निसं’क्रमण गरिएको छैन । सडक तथा बजारी क्षेत्रमा सचेतना र सतर्कताका लागि प्रभावकारी काम भएको छैन । निसं’क्रमण तथा सचेतना अभावले राजमार्ग क्षेत्रमा सं’क्रमणको त्रास कायम रहेको छ । जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकरराज तिवारी बर्माले स्थानीय तहहरुलाई को'भिड–१९ नियन्त्रण तथा रोकथाममा सबै शक्ति प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया