सिन्धुली,२४ बैशाख – ल’कडाउन शुरु भएको चौथो दिनमा सामाजिक संजाल फेसबुकमा नेल्सन मण्डेलाको मूर्ति हाल्दै सिन्धुलीका अति प्रबल घिमिरेले आफ्नो कला प्रष्फुटन गर्नुभयो । भलिबल खेलाडी अतिको मूर्तिकला सिन्धुलीवासीले पहिले देखेका थिएनन् । सामान्य दिनमा आफ्नै काममा व्यस्त रहनु हुने अतिको कला जब फेसबुकमा सार्वजनिक भयो तब धेरैले ल’कडाउनको बेला सिन्धुलीले गज्जबको कलाकार चिन्ने मौका पायो भन्दै प्रतिक्रिया जनाए ।

अन्तर्राष्ट्रिय, राष्ट्रिय देखि स्थानिय व्यक्तिको मूर्तिकला फेसबुकमा सार्वजनिक गरेपछि उहाँ दर्शकहरुलाई नै कस्को मूर्ति हो भन्दै ठम्याउन लगाउँछन् । ल’कडाउनकै समयमा अतिले सिकेको कलाले आँखालाई धोका दिदैँन । अतिको मूर्तिले अरुको आँखालाई के मात खान देला र, मूर्ति आफैले बोल्छ । अनि प्रतिक्रिया आइहाल्छः नेल्सन मण्डेला, स्वर्गिय विरेन्द्र विर विक्रम शाह, स्थानिय नेता उपेन्द्र पोख्रेल...। उहाँले निर्माण गरेको हरेक मूर्तिकलाको पहिचान ठम्याउन दर्शकलाई गाह्रो पर्दैन । सिन्धुलीकै माटो, चम्चा, कम्पास लगायत समाग्रीको प्रयोग गरेर तस्बिरलाई दुरुस्तै मूर्तिमा उतार्न अति खप्पिस हुनुहुन्छ ।

ल’कडाउन शुरु भएपछि उहाँले राजा देखि पूर्वप्रधानमन्त्री, स्थानिय नेता देखि राष्ट्रिय नेता, जिवित देखि स्वर्गिय हस्तिहरुको दर्जनौँ मूर्ति बनाइसक्नुभयो । देशका राष्ट्रिय हस्तिहरु पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापा, मनमोहन अधिकारी, सुवर्ण सम्सेर जबरा, स्वर सम्राट नारायण गोपाल, महाकवि लक्षमी प्रसाद देवकोटा, नाटककार र चित्रकार बाल’कृष्ण सम, साहित्यकार जगदिश घिमिरे, स्वर्गिय कुलचन्द्र कोइरालालाई उहाँले मूर्तिमा दुरुस्तै उतार्नुभएको छ ।

‘सिन्धुली गढी घुमेर हेर्दा’ गितको स्रष्टा एवं प्रख्यात गायक कृष्ण विक्रम थापा, राजनितिज्ञ एवं समाजसेवक मोहन विक्रम थापा, नेपाली कांग्रेस सिन्धुलीको पूर्वसभापति रंगराज खतिवडा र सिन्धुलीका युवा नेता उपेन्द्र पोख्रेल, प्रबल’को पछिल्लो मूर्तिकला हुन् ।

बुवा कल्याण घिमिरेको मूर्ति बनाएर मूर्तिकलाको यात्रा शुरु गर्नुभएको अतिले अहिलेसम्म २१ भन्दा बढि मूर्ति बनाउनु भएको छ । पानी नपरे धेरै दिनसम्म उक्त मूर्ति टिक्नसक्ने अतिले बताउनुभयो । एउटा मूर्ति बनाउन आफूलाई दुई दिन लाग्ने गरेको अतिले जानकारी दिनुभयो ।

फेसबुकमा मूर्ति हालेपछि उहाँलाई आफ्नो मूर्ति बनाइदिनकालागि धेरैले आग्रह गर्ने गरेका छन् । तर, व्यवसायीक रुपमा मूर्ति नबनाएको भन्दै उहाँले रहर लाग्दा, रहर मेट्न मूर्ति बनाउने गरेको बताउनुभयो । जे होस्, ल’कडाउनले गर्दा सिन्धुलीवासीले गज्जबकै कलाकार भेटाएको छ ।