शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा तरकारी तरंग

मंगलवार , बैशाख २३, २०७७

सिन्धुली,२३ बैशाख – सिन्धुलीमा बाहिरबाट तरकारी ल्याउन दिने निर्णय भएपछि यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा ब्यापक तर्क–बितर्क जारी छ । गएको वैशाख १५ गते सिन्धुलीमा बसेको बि’पत व्यवस्थापनको सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयले सिन्धुली जिल्लामा बाहिर जिल्लाबाट हरियो तरकारी ल्याउन दिने निर्णय गरेको थियो । माछा, मासु, अन्डा र फलफूल ल्याउन जिल्लामा पहिलादेखि लगाइएको रो’क भने यथावत राखिएको भनियो । त्यसपछि सिन्धुलीमा तरकारी आउन थाल्यो ।

यसपछि केही सञ्चारकर्मी र स्थानीयले तराईबाट तरकारी सिन्धुलीमा ल्याउने विषयमा आफू अनुकूलका तर्क–बितर्क ब्यापक गरे । विशेष गरेर यस्ता तर्कहरु सामाजिक संजालमा छाएको छ । बुझ्नुपर्ने कुरा के हो भने तरकारी ल्याउने बिषयको निर्णय जिल्ला प्रशासन कार्यालय सिन्धुलीको एक्लो निर्णय थिएन । यो निर्णय गर्नेमा सिन्धुलीका तीनजना प्रदेश सभासददेखि उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्षको समेत हस्क्षाक्षर छ । यस्तो निर्णय गर्नेमा मेयरदेखि नागरिक समाज प्रतिनिधि र पत्रकार महासघ सिन्धुलीका प्रतिनिधिले समेत हस्ताक्षर गरेका छन ।

जिल्ला समन्वयका सभापतिदेखि जिल्लामा रहेका मुख्य पार्टीका प्रतिनिधिको समेत समर्थन देखिन्छ । निर्णय भएपछि बजारमा तरकारी आउनु थियो आयो । ब्यापारीहरुले ल्याउनु थियो ल्याए । स्थानीयले पनि किने खाए । यो लगत्तै केही मिडियाले भने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले तरकारी ल्याउन दिएर कोरोना जोखिम बढाउने काम गरेको भन्ने आसयले रिपोर्टिङ गरेको देखिन्छ । स्थितिको बिश्लेषण गर्दा सर्वपक्षीय निर्णय एकातिर देखिन्छ भने केही व्यक्ति भने विवाद सल्टाउनेभन्दा बिबाद निम्त्याउन उद्धत भएको जस्तो देखिन्छ ।

वि’पत्तिमा पत्रकारले जनताको पक्षमा खबरदारी गर्नु राम्रो कुरा हो । तर पत्रकारले चाहे प्रशासनलाई होस, चाहे राजनीतिज्ञलाई होस, एकतर्फी न्युज दिनुचाहि गलत हो । पत्रकारको धर्म भनेको सकेसम्म ब्यालेन्स हुने गरेर रिपोर्टिङ काम गर्ने हो । रिपोर्टिङमा त पत्रकारले आफ्नो भ्यू बनाएर दिने होइन । रिपोर्टिङ हतारको साहित्य भए पनि उनीहरुले आफ्नो सामाजिक उत्तरदायित्व भुल्नु हुँदैन । यसर्थ कसैको विचार लाद्न एकतर्फी रिपोर्टिङ गर्ने प्रवृत्ति समाजका लागि घातक हुन्छ । हतारमा निर्णय गरेर बिरोध गर्नुभन्दा निर्णय गर्नु अगाडि नै यस्ता कुरामा ब्यापक छलफल परामर्श गर्दा राम्रो हो ।

निर्णयमा हस्ताक्षर गर्ने बेला सबैले गर्ने अनि दो’ष जति प्रशासनलाई लगाउनु गलत छ । स्रोतका अनुसार बिपत्त व्यवस्थापनको अस्तिको बैठकमा नागरिक समाजका प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधि बाहेक सबैले सिन्धुलीमा तरकारी ल्याउने बिषयमा समर्थन गरेका थिए । नागरिक समाज र पत्रकार महासंघ प्रतिनिधिले भने तरकारी ल्याउने बिषयमा एक हप्ता अझै सोच्ने हो कि भन्ने तर्क गरेका थिए । हिजो यसै बिषयमा कमलामाइ नगरका मेयर खड्ग खत्रीसँग कुराकानी भएको थियो । उहाँले बाहिरबाट तरकारी ल्याउनु गलत भएको प्रतिक्रिया दिनु भयो । तर उक्त निर्णय गर्नेमा उहाँको पनि हस्ताक्षर देखिन्छ ।

स्थानीयको स्वास्थ्य सुरक्षा प्रमुख प्राथमिकतामा राखेर छलफल हुनु राम्रो कुरा हो । कोरोना प्रकोपबाट आफू पनि जोगिन र स्थानीयलाई पनि जोगाउन मेयर सापलाई आउने बैठकमा आफ्ना असहमति क्लियर राख्दा भैगो । सामाजिक संजालमा तरकारी बिबादबारे एउटा कमेन्ट गर्दै पत्रकार महासंघ सिन्धुलीका पूर्वसभापति संजय दाहालले भन्नु भएको छ, “बाहिरबाट तरकारी ल्याउनुभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सक्दा राम्रो हुन्छ ।”

अहिलेसम्म कोही बिज्ञले तरकारीबाट को ’रोना सर्छ सर्दैन भन्नेबारे सुझाव दिएको पाइँदैन । कोही सम्बन्धित बिषयमा बिज्ञ हुनुहुन्छ भने तरकारीबाट को ’रोना सर्छ कि सर्दैन ? भनेर जानकारी दिदा काइदा हुन्थ्यो । जिल्लाका गन्यमान्य सबै बि’पत्तिमा वि’वाद गर्ने भन्दा मिल्नतिर लाग्दा राम्रो । अहिले एक अर्काको साथ र सहयोग सबैलाई खाँचो देखिन्छ । एकले अर्कालाई दोष देखाएर आफूचाहिँ चोखो बन्ने प्रवृत्ति गलत छ । वि’वादमा समय खर्चनुभन्दा सम्वन्धित ठाउँमा सर्वदलीय बैठकमा कुरा राखेर ब्यापक छलफल गर्दा राम्रो ।

निर्णयचाहिँ जनताको पक्षमा हुनुपर्छ । जे गर्दा पनि हुने, जसरी सहमति र निर्णय हतार–हतारमा नगर्ने कि ? काँग्र्रेसका नेता दीपक मिश्र भन्नुहुन्छ, “तरकारी जताबाट ल्याएपनि यताका स्थानीय तहले तराईका स्थानीय तहसँग सम्पर्क गरेर यथार्थ बुझेर ल्याउँदा राम्रो हो ।”

प्रतिक्रिया