सिन्धुलीको कमलामाई नगरपालि’का ४ ढुंग्रेबासमा खाद्यान्न गाडीबाट झार्दै असंगठित मजदुरहरु ।
सिन्धुली,२३ बैशाख – कमलामाइ नगरपालि’का ४ ढुंग्रेवासकी रिता नेपालीलाइ बिहानदेखि रातीसम्म नै फुर्सद हु“दैन् ।
ल’कडाउन शुरु भएपछि त झन कामको चटारोले भ्याइ नभ्याइ छ । लोड गाडिबाट बोरा झार्ने र फेरि चढाउने उहाँको काम हो । को’रोनाबारे उहाँले बारम्बार सुन्नु भएको छ, तर कुनै पर्बाह छैन । “हामीलाइ काम खाचो छैन्,” उहाँले भन्नुभयो, “खाद्यान्न लोडअनलोड गर्ने काम भएकाले कहिल्यै खाली हात वस्नु परेको छैन् ।”
अझ यहि बेलामा खाद्यान्नका मात्र गाडि हुनाले रातको १० बजेसम्म नै खट्नुपर्ने उहाँको भनाइ छ । “व्यक्तिगत सु’रक्षा अपनाएर काम गरिएको छ खाली वस्नु परेको छैन्,” उहाँले थप्नुभयो । महिनाको ३० हजारको हाराहारीमा कमाउने रिताको पहिला त ४० हजारसम्म हुन्थ्यो । कामको प्रतिस्पर्धाले गर्दा अलि कमाइ घटेको छ, उहाँले सुनाउनुभयो ।
को’रोना संक्रमण फैलिन नदिन देश ल’कडाउनमा छ । संघिय राजधानी काठमाडौं तथा आसपासका जिल्लाका मजदुर तथा विपन्न वर्गका मानिसहरु घर फिर्नका लागि सयौं किलोमिटर पैदल नै हिंडिरहेका छन् । काम नहु“दा चुल्हो नवलेर मजदुरहरु गाउ“का घरमा पुग्नका लागि कष्टप्रद यात्रा तय गरिरह“दा यहा“का केही दर्जन मजदुरहरुलाइ भने कहिल्यै खाली हात वस्नु परेको छैन् ।
लोडअनलोडमा काम गर्ने यहा“का मजदुरहरुले मजदुरी गर्नका लागि ल’कडाउनले रोकेको छैन् । खासगरि सिन्धुली सदरमुकामको ढुंग्रेवास, १ नं र २ नं बजार, माझीटार, राम्माडी, रातमाटा लगाएतका क्षेत्रमा लोड अनलोड गर्ने मजदुरहरु काममै व्यस्त रहन्छन् । को’रोना संक्रमण रोक्न तथा नियन्त्रण गर्नका लागि अन्य सामाग्रीहरु ढुवानी तथा आपुर्ती गर्नका लागि वर्जित गरेको भएपनि खाद्यान्नमा रोक लगाइएको छैन् । यहा“ भण्डारण गरिएको खाद्यान्न दर्जनौ मालवाहक ट्रकहरुमा सिन्धुलीको पहाडी भेग तथा पहाडी जिल्लाहरु रामेछाप, दोलखा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुमा ढुवानी हुने गरेको छ ।
खाद्यान्न लैजान ट्रकहरुमा लोडअनलोड गर्नका लागि यी मजदुरहरु बिहानदेखि रातीसम्म काम गर्दछन् । को’रोनाले गर्दा व्यापारीहरुले सदरमुकाम सिन्धुलीमाढीमा ठुलो परिमाणमा खाद्यान्न भण्डारण गरेकाले ६ चक्के तथा साना गाडीहरुमा बीपी राजमार्ग हु“दै खाद्यान्न पठाउने गरेका छन् । आयात निर्यातमा रोक लगाए आफ्नो चुलो रोकिने नत्र राहत नचाहिने ति मजदुरहरु बताउ“छन् ।
“हामीलाइ राहत भन्दा पनि सुरक्षित भएर काम गर्न पाए भयो”, लोडअनलोडमा व्यस्त रहेका वीरवल चौधरीले बताउनुभयो । “बाहिरका मानिसस“ग हाम्रो संपर्क हु“दैन्, आफ्नो काम गर्ने हो,” उहाँले भन्नुभयो, “को’रोना नलागोस भनेर व्यक्तिगत सरसफाइमा बढि ध्यान दिएका छौं ।” व्यक्तिगत सु’रक्षा अपनाएर काम गरेका उनीहरु नया“ मजदुर नभएकाले को’रोना संक्रमण नहुनेमा ढुक्क छन् । उनीहरुको सरदर आम्दानी दैनिक एकहजार देखि एकहजार पा“च सय रुपैयासम्म छ ।