शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका सामुदायिक विद्यालयमा नयाँ पुस्तक बितरण सुरु

मंगलवार , बैशाख २३, २०७७

सिन्धुली,२३ बैशाख– कमलामाइ नगरपालिकाका सामुदायिक विद्यालयहरुले नयाँ पाठ्यपुस्तक बितरण सुरु गरेका छन् ।

सदरमुकाममा रहेको कमला मावि र अर्को गौमती माविले यस शैक्षिक सत्रका लागि ल’कडाउनका बीचमा पनि नया“ पुस्तक बितरण शुरु गरेको जनाएका छन् । वडा नं. ३ मा रहेको जलकन्या माविले पनि नयाँ पुस्तक बितरणका लागि तयारी गरेको छ ।

कमलामाई नगरपालिकाको शिक्षा शाखाले जिल्लामा रहेका सामुदायिक विद्यालयलाई बैशाख १८ गतेभित्र बार्षिक परिक्षाको नतीजा सार्बजनिक गर्न निर्देशन दिएपछि सबै विद्यालयले उक्त नतिजा साबर्जनिक गरि सकेका छन् । नतीजा सार्बजनिक सकेपछि विद्यालयहरुले नयाँ पुस्तक पुर्‍याउन सुरु गरेका छन् ।

ल’कडाउनकै बीच पुस्तक पसलसग समन्वय गरेर नया“ पुस्तक मगाई बितरण गरिएको विद्यालयहरुले जनाएका छन् । विद्यालय नखुलेपनि नया“ पुस्तक पाएपछि विद्यार्थीहरुले पढ्ने र नजानेको विषयका टिपोट गर्दै जानेमा शिक्षकहरु ढुक्क छन् । पाठ्यपुस्तक हेर्ने र नजानेको घरमा तथा छरछिमेकमा सोध्न थाले मात्रै भनेपनि पढ्ने बानी नहटी पछिलाइ सजिलो हुने कमला माविका शिक्षिका लक्ष्मी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नया“ पुस्तक पाएपछि चासो बढ्ने र विद्यार्थी जिज्ञासु हुने भएकाले पढाइमा ध्यान जाने पक्का छ ।”

पुरानो पुस्तक फिर्ता गरेर नया“ लैजानका लागि कोरोना संक्रमणको जोखिमलाइ समेत ध्यान दिइ पालैपालो पुस्तक लिन आउने गरि विद्यार्थीहरुलाइ बोलाएर बितरण गरेको कमलाकै अर्का शिक्षक टिकाराम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी केही स्थानीय शिक्षक मिलेर नगरस“ग समन्वय गरि पुस्तक विद्यालयमा ल्याइ बितरण थालनी गरेका छौं ।” अब केही समय अभिभावक शिक्षक समेत वन्न जरुरी रहेको उहाँको भनाइ छ ।

ल'कडाउनका बीच नया“पुस्तक पाएपछि विद्यार्थीहरु फुरुङ्ग छन् । अभिभावकहरुले विद्यालय संचालनमा नआएसम्म शिक्षकको समेत भुमिका निर्वाह गरि आफ्ना बालबालिकाहरुलाइ पठनपाठनमा रुची जगाउनु पर्नेछ ।

कमलामाइ नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुमा नयाँ पुस्तक पुर्‍याउन लागि परेको नगर शिक्षा शाखाका विज्ञ डा. हरिप्रसाद पोखरेलले बताउनुभयो । “सबै विद्यालयमा पुस्तक अव एकदुइ दिनमा पुग्छ,’ उहाँले भन्नुभयो, ‘नया“ पुस्तक बितरणपछि कसरी जाने भन्नेमा सल्लाह गरेर निर्णयमा पुग्छौं ।” को'रोना सं'क्रमणबाट जोगिएर पढाइलाइ निरन्तरता दिनका रेडियो, अनलाइन, सामाजिकसञ्जाल लगाएत सबै उपाएहरु लगाइएको छ, उहाँले थप्नुभयो ।

कमलामाइ नगरपालिकामा सामुदायिकतर्फ ९८ वटा विद्यालयहरु छन् भने २६ वटा निजी विद्यालय रहेका छन् ।

प्रतिक्रिया