शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पहिरोका कारण सिन्धुलीको मध्यपहाडी लोकमार्ग अ’वरुद्ध

सोमवार , बैशाख २२, २०७७

सिन्धुली,२२ बैशाख – फिक्कल गाँउपालिका वडा नं. २ आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अ’वरुद्ध भएको छ । केही दिनदेखी परिरहेको वर्षाका कारण माथिबाट प’हिरो आएर सो सडकखण्ड सोमबार दिउसो पूर्णरुपमा अ’वरुद्ध भएको हो ।

फिक्कल गाउपालिका वडा न. २ नबलपुर स्थित मध्य पहाडी लोकमार्गमा बर्षाको कारण लोकमार्ग भन्दा माथि नयां शाखा सडकको माटो (लेदो) बगि आईकाले सडक अ’बरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अ’वरुद्ध भएको सो सडकखण्ड अहिले फिक्कल गाउपालिकासँगको समन्वयमा पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्याम बहादुर खत्रीले जानकारी दिनु भएको छ । सोमवार दिउसो देखि परेको अ’विरल वर्षाका कारण फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार दिउसो ३ बजेर ३५ मिनेटमा गएको पहिरोका कारण सो सडकखण्ड अ’वरुद्ध भएको थियो ।

अ’वरुद्ध भएको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अ’वरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधन राजमार्गमा नै अलपत्र परेका छन् ।

प्रतिक्रिया