सिन्धुली,२२ बैशाख– को’रोना भा’इरस रो'कथाम तथा उ'पचारका लागि सिन्धुलीमा निर्माण गरिएको क्वा’रेन्टाइनमा १ जना मात्रै राखिएको छ भने आ’इसोलेसन खाली भएको छ । जिल्ला अस्पतामा बनाइएको आ'इसोलेसन सिन्धुलीमा खालि भएको छ । दुई नगरपालिका र साता गाउँपालिका रहेको जिल्ला भर ३३ ओटा आ’इसोलेसन सबै खाली रहेको सिन्धुली अस्पतालका प्रमुख लक्ष्मण खड्काले जानकारी दिनु भयो ।
विश्वभर फै'लिएको को’रोना भा’इरसले नेपाल पनि जो’खिममा रहेपछि सिन्धुलीमा आ’इसोलेसन बनाइएको थियो । जिल्लाभर आ’इसोलेसन खाली रहेको छ भने क्वा’रेन्टाइन समेत खाली हुने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुसार हाल १ जना मात्रै क्वा’रेन्टाइनमा रहेकाले तत्कालिन अवस्थामा जिल्लास्थित क्वा’रेन्टाइन र आ’इसोलेसन खाली हुने अ'वस्था रहेको छ ।
जिल्लाका विभिन्न स्थानमा गरि ५८ जना क्वा’रेन्टाइनमा बसेर डि'स्चार्ज भइसकेको र १ जना उदयपुरबाट सिन्धुली आएकाले क्वा’रेन्टाइनमा राखिएको प्रजिअ पाण्डेले बताउनुभयो । “आ’इसोलेसन सबै खाली छ, १ जना क्वा’रेन्टाइनमा हुनुहुन्छ,” उहाँले भन्नु भयो, “वि’रामी भएर शं'का लागेमा आ'इसोलेसन राख्ने हो हाल त्यस्तो अ'वस्थाका वि’रामी छैनन् ।” आर'डिटी टेष्ट गर्दा ने ’गेटिभ आएकालाई क्वा’रेन्टाइनमा नराखिएको जानकारी दिँदै प्रजिअ पाण्डेले भन्नु भयो, “को’रोना देखिएका जिल्लाबाट आएकालाई क्वा'रेन्टाइनमा राखिएको हो ।”
बाहिरी जिल्लाबाट पछिल्लो समय सिन्धुलीमा पाँच हजार भन्दा बढी भित्रिएका भएपनि उनिहरु सिधै घर गएपछि क्वा'रेन्टाइन खाली रहेको हो । “हाम्रो गाउँपालिकाको क्वा'रेन्टाइन हाल खालीनै रहेको छ”, तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले भन्नु भयो, “काठमाडौँ र पोखराबाट एक हजारभन्दा बढी यस गाउँपालिकामा भित्रिएका छन, उनिहरुलाई हाम्रो हे'ल्थ डेक्समा ता'पक्रम जाँ'च गरि सिधै घर पठाइएको छ ।” बाहिरी जिल्लाबाट आएका सबैलाई क्वा'रेन्टाइनमा राखेर व्यवस्थापन गर्न सक्ने अवस्था नभएकाले सिधै घर पठाइएको सम्बन्धित गाउँपालिकाहरुले जनाएका छन् ।
को’रोना सं ’क्रमित जिल्लाबाट तथा को’रोना सं’क्रमितको नजिकबाट सिन्धुली प्रबेश गरेकालाई मात्रै क्वा’रेन्टाइनमा राखिएको र काठमाडौसहित बाहिरी जिल्लाबाट आएकालाई होम क्वा’रेन्टाइनमा बस्न अनुरोध गरिएकाले क्वा’रेन्टाइन खाली रहेको प्रजिअ पाण्डेले बताउनु भयो ।