शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको फिक्कल गाउँपालिकामा नाम फरक, ठेक्का एउटैलाइ

सोमवार , बैशाख २२, २०७७

सिन्धुली– को’भिड (१९) का कारण काम नभएर चुलो निभेका असंगठित मजदुरका लागि राहत बितरण गर्न फिक्कल गाउँपालिकाले आह्वान गरेको आपूर्ती टेण्डर नाम फरक पारेर एउटै व्यक्तिले हात पारेका छन् ।

दोस्रो पटक सूचना प्रकासित गरेर ठेक्का स्विकृत गरिएको हो । पहिलो पटक प्रकाशित सूचनाको आशयपत्र समेत आपूर्तीकर्तालाइ दिइ संझौता अगाडि गाउँ कार्यपालिका बैठकले रद्ध गरेको थियो । ठेक्का रद्ध गर्नका लागि बोलपत्रमा खाद्यान्नको बढि रेट राखिएको कारण देखाइएको थियो । गाउँपालिकाले दुवै पटक ६ वटा वडामा नै राहत बितरणका लागि खाद्यान्न सामाग्री खरिद गर्न वोलपत्र आह्वान गरेको थियो ।

दोस्रो पटकको सूचनाबाट रितपूर्वक कमदररेटमा प्रतिस्पर्धामा आएका आपूर्तीकर्ता प्रविना किराना एण्ड कपडा पसल गोलन्जोर गाउ“पालिका ३ लाइ ठेक्का परेको छ । उक्त सप्लायर्सले ६ वटा प्याकेजको २२ लाख ५१ हजार ६४० रुपैंयामा खाद्यान्न लगाएतका सामाग्री आपूर्तीका वोलपत्र दर्ता गराएको थियो ।

कम दररेटको आपूर्तीकर्तासंग संझौता भइ सकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंकनाथ घिमिरेले जानकारी दिनुभयो । उक्त सप्लायर्स नवराज कार्कीको भएपनि पहिलो पटकको सूचनामा रद्धमा पर्ने आपूर्तीकर्ता घनश्याम पहाडीले नै मञ्जुरीनामा लिएर भर्नु भएको थियो ।

फरक पार्टीको मान्छेले खरिद गर्दा उसैले राहत बा“डेको भन्ने गाउँलेमा पर्ने भएकाले पहिलो पटकको प्रस्ताव अस्विकृत भएको आपूर्तीकर्ता पहाडीले बताउनुभयो । “अर्कैको नामको सप्लायर्सबाट मञ्जुरीनामा लिएर मैले नै आपूर्तीको काम पाएको छु,” उहाँ भन्नुभयो, “अब आफ्नो कानलाइ पछाडिबाट घुमाएर समाएपनि, अगाडिबाट सिधै समाएपनि कुरो एउटै भएको जस्तै भयो ।”

बिहीबार खाद्यान्न आपूर्तीका लागि संझौता भएको छ । उनी काँग्रेसका नेता हुन् । गाउँपालिकामा नेकपाको वर्चश्व छ । आफ्नो पार्टीले राहत कोषमा ५० हजार सहयोग गरेको पनि उहाँले सुनाउनुभयो ।

पहिलो पटकको स्विकृत आशयपत्र समेत प्रकाशित भइसकेको थियो । सबैभन्दा कम दररेटमा सप्लाइ गर्न आसयको पत्र समेत पाइसकेका रविनरोशन किराना तथा खाद्यान्न पसलका संचालक पहाडीले कमिसनको खेलमा फिक्कल गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरु मिलेर मनपरी गर्न थालेको आरोप लगाउनु भएको थियो ।

३० किलोका १४ सय ४८ बोरा चामल, ७३ कार्टुन खानेतेल, ५८ बोरा नुन, लगाएतका खरिदका लागि गाउ“पालिकाले वोलपत्र आहन गरेको थियो । पूर्वाग्रही भएर गाउँकार्यपालिकाले खाद्यान्न आपूर्ती ठेक्का रद्ध गरेको भन्दै सप्लायर्स पहाडीले प्रशासन र अख्तियारलाइ समेत गुहार्नु भएको थियो ।

प्रतिक्रिया