शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका ५ हजार भन्दा बढीलाई जनप्रतिनिधिले गरे उ'द्धार

आइतवार , बैशाख २१, २०७७

सिन्धुली,२१ बैशाख– लकडाउनको समयमा सिन्धुलीमा ५ हजार २ सय जना जिल्लामा आएका छन् । ल'कडाउनका समयमा देशका विभिन्न स्थानमा मजदुरी गर्ने ५ हजार २ सय जनाहरुलाई स्थानीय तहले ल्याएको उनीहरुको तथ्यांकले देखाएको हो ।

ल'कडाउनको समयमा मेयर खड्गबहादुर खत्रीका अनुसार कमलामाईले २००, मेयर घनश्याम राउतका अनुसार दुधौली नगरपालिकाले १ हजार ५ सय, उपाध्यक्ष पदममाया तामाङ्गका अनुसानर तीनपाटन गाउँपालिकाले १ हजार १ सय, फिक्कल गाउँपालिकाका प्रवत्ता राजु बरालका अनुसार फिक्कल गाउँपालिकाले ५ सय, अध्यक्ष दिपा बोहोराका अनुसार सुनकोसी गाउँपालिकाले ५०० ल्याएको र ८ हजार पैदल हिड्नेलाई गन्तव्यमा पठाईएको छ । यस्तै अध्यक्ष कारसाङ लामाका अनुसार हरिहरपुरगढी गाउँपालिकाले ९०० र मरिण गाउँपालिकाले जिल्ला विभिन्न स्थानबाट गरि ५ सयको संख्यामा मजदुरलाई उद्धार गरेको अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।

उद्धार गरेकाहरुलाई घर पठाउनु अघि ज्वरो जाँच गर्दै होम क्वा'रेन्टाईनमा नै बस्ने गरि पठाईएको जनप्रतिनिधिहरुले बताएका छन् । उनीहरुको स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मी लगाएतको टोलिले निगरानी गरि रहेको बताईएको छ ।

यसरी मजदुरहरु गाउँ–गाउँमा भित्रिदा स्थानीयमा कोरोनाको त्रा'स बढेको बताएपनि उ'द्धार गरिएकाहरुको निगरानी गर्ने गरीएको र शंका लागेमा क्वारेन्टाईन तथा अइसोलेसनमा राखेर उपचार गर्ने प्रबन्ध मिलाईएको उक्त जनप्रतिनिधिको भनाई छ ।

प्रतिक्रिया