शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा को’भिड १९ प्र'तिकार्यका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

आइतवार , बैशाख २१, २०७७

सिन्धुली,२१ बैशाख – जिल्लाको को’रोना भा’इरस को’भिड १९ प्र'तिकार्य कार्यको लागि ९ वटै स्थानिय तह र सिन्धुली अस्पताल र अन्य स्वास्थ्य प्रदायक संस्थाहरुलाई प्रदान गर्ने गरी प्लान इन्टरनेशनल नेपालको सहयोगमा जिल्लाका प्लानइन्टरनेशनल नेपालको साझेदारी संस्थाहरुका प्रतिनिधिहरु र प्लान नेपालका प्रतिनिधि नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जिल्ला वि’पद् व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे लाई ७ लाख ७१ हजार तेइस रुपैयाँ पचास पैसा बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सहयोग प्राप्त भएको स्वास्थ्य सामाग्रीहरु कम्प्लीटपी.पी.इ. सेट ७० थान , हेन्ड सेनिटाइजर ९० थान , डि'स्पोजल ग्लोब्स ७५०० थान , स'र्जिकल मास्क ७५०० थान र के.एन.९५ मास्क ९०० थान लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराईएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा भएको बैठकको निर्णयानुसार प्राप्त भएको सामाग्रीहरु आफ्नो ज्या'न समेत जो'खिममा राखेर दिनरात स्वास्थ्य केन्द्र, अस्पताल र अन्य स्वास्थ्य सेवाप्रदायक निकायहरुमा खटिएका स्वास्थ्यकर्मीहरुको सु'रक्षालाई ध्यानमा राखेर स्वास्थ्य केन्द्रमा पुर्‍याउने गरी गाउँपालिका र नगरपालिकालाई हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँले विपद्का बेला कोरोना भा’इरस बिरुद्ध सबै मिलेर सामना गर्नुपर्ने भन्दै कोरोना महामारीमा सहयोग पुर्‍याउने रेडक्रस, प्लान नेपाल र सबै संघ संस्थाहरु प्रतिधन्यवाद व्यक्त गर्नुभयो । स्वास्थ्य सामाग्रीहरु जिल्लाका सबै स्थानियतहहरुमा यथासक्य छिटो पुर्‍याउने व्यवस्था मिलाईने रेडक्रस सिन्धुलीका सभापतिअशोक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया