सिन्धुली,२१ बैशाख – सिन्धुलीमा बाहिरि जिल्लाबाट तरकारीलाई आयात गर्न खुल्ला गरेपछि स्थानीयलाई को’रोनाको त्रा’स बढेको छ । झन्डै तीन साता अगाडीबाट सिन्धुलीमा भारतीय तरकारीसहित तराई तथा बाह्य जिल्लाबाट आउने तरकारी फलफूल अण्डामा प्र’तिवन्ध लगाइएको भएपनि हाल खुल्ला गरिएपछि स्थानीय त्रसित बनेका छन् ।
व्यापारीहरुको दबावपछि जिल्ला प्रशासन कार्यालयले सर्वदलिय छलफल गराएर सिन्धुलीमा प्र’तिबन्ध गरिएको तरकारी आयात गर्न खुल्ला गरिएको स्थानीयको आरोप छ । तरकारी बजारमामा तराईका जिल्लासहित भारतीय बजारबाट समेत तरकारी आउने गरेकाले को’रोना सं’क्रमण हुनसक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । “आजसम्म जतिपनि सं’क्रमित छन, ति सबै बिदेशबाट आएका छन, यसैले नेपाल हालसम्म सुरक्षित नै छ भन्ने अवस्था थियो तर बाहिरबाट तरकारी आयात हुन थालेपछि त्यसको सक्रमण सिन्धुलीको तरकारी बजारमा नआउला भन्न सकिदैन,’ कमलामाई–५ मधुटारका निर्मल थापाले भन्नु भयो, “हाल बाह्य तरकारी आयात गर्नु उचित थिएन ।”
जिल्लाका विभिन्न स्थानमा किसानले उत्पादन गरेको तरकारीले बजार भाउ नपाएको तथा बिक्री वितरण नभएको गुनासो आइरहदा बाहिरी जिल्लाको तरकारी आयात गरेर त्रा’स बढाउनुका साथै किसानलाई मर्कामा पारिएको किसान बताउँछन् । विश्वभर फैलिएको को’रोना भाइरसको रोकथामका लागि सरकारले मुलुक बन्दाबन्दी गरेसँगै सिन्धुलीमा हरियो तरकारी, फलफूल माछा अण्डा आयातमा प्रतिबन्ध लगाइएको थियो । तर सरकारले बन्दाबन्दी जारी राखेको भएपनि सिन्धुलीमा प्रतिबन्धलाई फुकुवा गर्दै लक डाउनसमेत कमजोर बन्दै गएकाले त्रा’स बढेको छ । पहुँचवाला सबैलाई स्थानिय प्रशासन तथा स्थानिय सरकारले पासको व्यवस्था गरेपछि सवारी बाक्लै चलेको छ भने कमजोर बर्ग त्यसको प्रत्यक्ष मारमा परेका छन् ।
“जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठक बसी अण्डा हरियो तरकारी आयातमा खुल्ला गरेका हौँ,” प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भन्नु भयो, “जिल्लामा हरियो तरकारीको भाउ अस्वभाविक बृद्धि भएको गुनासो बढेपछि बाह्य तरकारीलाई समेत खुल्ला गरेका हौ ।”
“सिन्धुलीमा तरकारी खानै अभाव हुने अवस्था थिएन, मेरो व्यक्तिगत बिचारमा हाल तरकारीलाई आयात खुल्ला गर्नुपर्ने अवस्था थिएन,” कमलामाई नगरपालिकाका मेयर खडगबहादुर खत्रीले भन्नु भयो, “यो आयात खुल्ला गर्नु बेठिक थियो तर सर्वपक्षिय बैठकले खुल्ला गरेको हो । बाह्य जिल्लाबाट तरकारी आयात गर्न खुल्ला गरेपछि तरकारी कुन जिल्लाबाट आयो भन्नेनै हुदैन मनपरी छ,” उहाँले भन्नु भयो ।
तरकारी बजारका व्यवसायी स्वयम् भारतीय तरकारी आयात भएको स्वीकार गर्छन, हरियो तरकारी कागती इन्डियाबाटै आउने हो, तर इन्डियाबाट आयात गर्छौ भन्दा व्यापार खस्किन्छ, एक तरकारी व्यवसायीले भन्नु भयो, व्यापारनै छैन । जिल्ला समन्वय समितिका प्रमुख शंकर बर्मा तिवारी पनि बाहिरी जिल्लाको तरकारी आयात गर्न बन्दगर्नुपर्ने बताउनु हुन्छ । को’रोनाको त्रा’स बढिरहेको समयमा बाहिरी तरकारी सिन्धुलीमा आयात गरेर थप त्रा’स बढाउन नहुने र जिल्ला भित्रका र केहि उत्तरी छिमेकी पहाडी जिल्लाबाट तरकारी ल्याउदा सिन्धुलीमा प्रसस्त पुग्ने उहाँको भनाई छ ।