शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

फिक्कल गाँउपालिकामा खाद्य बैंक स्थापना

आइतवार , बैशाख २१, २०७७

सिन्धुली,२१ बैशाख– सिन्धुलीको फिक्कल गाँउपालिकाले खाद्य बैंक स्थापना गरेको छ । को'रोना भा’इरस सं’क्रमणपछि गाउँपालिकामा पर्न सक्ने अ'निकाललाई ध्यानमा राखेर सामाजिक संघ संस्थाको सहयोगमा खाद्य बैंक स्थापना गरेको गाँउपालिकाले जनाएको छ ।

गाउँपालिका सूचना अधिकारी नारायणप्रसाद अधिकारीका अनुसार फिक्कल गाउँपालिकामा कार्यरत सामाजिक संस्थाहरु सिड्स नेपाल, रिलिफ नेपाल, ग्रामीण महिला चेतना केन्द्र र सामुदायिक विकास कार्यक्रमको सहयोगमा उक्त बैंक स्थापना गरिएको हो ।

रा’हत बितरणका लागि प्राप्त हुने जिन्सि सामान संकलनका लागि गाँउपालिकाले निर्णय गरेर खाद्य बैंक स्थापना गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ती सामाजिक संस्थाले खाद्य बैंकलाई तत्काल २५ केजी दरको ५० पाकेट चामल, ५० लिटर तेल, दाल एक सय केजी, नुन एक सय केजी र साबुन एक सय वटा उपलब्ध गराई सकेका छन् ।”

कसैले गाँउपालिकालाई खाद्यान्न सहयोग गर्छ भने त्यो बैंकमा लगेर संकलन गरेर राखिने र वि'पद व्यवस्थापन समितिको बैठकबाट मापदण्ड बनाई रा’हत बितरण गरिने पनि उहाँको भनाई छ ।

कोरोना भा’ईरस सं’क्रमणका कारण स'मस्यामा परेका विपन्न वर्गका व्यक्तिहरु गाँउपालिकाका छ वटै वडाबाट एक हजार ४४८ जनाको नाम संकलन भई आएको र पहिलो चरणमा यिनीहरुलाई रा’हत पुर्‍याईने गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाले रा’हत दिन सामग्री खरिद प्रकृयामा गएको र उक्त रा’हत सामग्री आउने बित्तिकै बैंकमा रहेको समेत गरेर पहिलो चरणमा ती व्यक्तिलाई रा’हत बितरण गरिने सूचना अधिकारी नारायणप्रसाद अधिकारीले सुनाउनुभयो ।

उक्त रा’हत सामग्री बितरण गर्न गााँउपालिकाले मापदण्ड समेत बनाएको जनाएको छ ।

प्रतिक्रिया