शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा क्वा’रेन्टाइन निर्माण र रा’हत वितरणमा रिलिफ नेपाल

शुक्रवार , बैशाख १९, २०७७

सिन्धुली,१९ बैशाख – विश्वव्यापि मा’हामा रिको रुपमा फै'लीएको को’भिड–१९ व्यवस्थापनकालागि क्वा रेन्टाईन सेन्टर निर्माण र राहत वितरणमा रिलिफ नेपालले सिन्धुली जिल्लाका विभिन्न स्थानिय तहहरुलाई सहयोग पुर्‍याई रहेको छ ।

दुधौली नगरपालिकामा ५० वेडको क्वा'रेन्टाईन सेन्टर स्थापनामा सहयोग पुर्‍याएको रिलिफ नेपालले शुक्रवार दुधौली नगरपालिकाकै वडा नम्वर ९ स्थित मुसहर समुदायका २ सय घरपरिवारलाई राहत सामग्री र ७५ जना सु'त्केरीलाई पो'षिलो खानेकुरा वितरण गरेको छ ।

दुधौली नगरपालिका संगको सहकार्यमा रा'हत सामाग्री वितरणकालागि नगरलाई एकमुस्ट सामग्री हस्तान्तरण गरिएको र नगरले पहिचान गरेको तथ्यांक वमोजिमका घरधुरी र सुत्केरीहरुलाई नगर प्रमुख घनश्याम राउत, अन्य निर्वाचित प्रतिनिधि, कर्मचारीहरु र रिलिफ नेपालका प्रतिनिधिहरुको उपस्थीतिमा राहत सामग्री वितरण गरिएको हो ।

२ सय घरधुरीलाई वितरण गरिएको राहत सामग्रीमा चामल, दाल, चिनि, खाने तेल, नुन, साबुन जस्ता सामग्री रहेका थिए भने सुत्केरिलाई प्रदान गरिएको सामग्रीमा छोकडा, ओड्स (जौंको चिउरा), तेल, चना, चिनि, चियापत्ति, वटर र जाम जस्ता सामग्री रहेको थियो ।

२ सय घरधुरीलाई वितरण गरिएको रा'हतकालागि टिडिएच जर्मनले नगद सहयोग गरेको थियो भने क्वा'रेन्टाईन निर्माण र सुत्केरीहरुकालागि पोषिलो खानेकुरा वितरणमा टिडिएच जर्मन र अलहेन्डस एण्ड हार्टस्ले नगद साझेदारी गरेका थिए ।

यस संगै दुधौलीनगरपालिका भरि कार्यरत स्वास्थ्य कर्मिकालागि F F41V मास्क ८५ थान, सरसफाई सामग्री २० सेट र क्वा'रेन्टाईनकालागि चिया, चिनि र मरिच जस्ता सामग्री सहयोग गरिएको छ भने प्रकोप व्यवस्थापन कोषमा जम्मा हुनेगरि नगद ५० हजार समेत सहयोग गरेको छ ।

मा’हामारिको समयमा संस्थाले पुर्‍याएको सहयोग महत्वपुर्ण भएको भन्दै नगर प्रमुख घनश्याम राउतले धन्यवाद दिनुका साथै आगामी दिनमा समेत संस्थाहरु संग समन्वयात्मक भुमिकामा रहने वताउनु भयो । को'रोना भा'ईरसबाट नगरलाई सुरक्षित राख्ने कार्यमा नगर प्रतिवद्ध भएर लागेको र संस्थाहरुको सहयोगले थप हौसलामिलेको उहाको ठम्याई छ । नेपालमै कोरोनाको उच्च जो'खिममा रहेको उदयपुर जिल्ला संग सिमाना जोडिएको दुधौली नगरपालिकामा विषेश स'तर्कता अपनाउनु पर्ने आ'वश्यकता रहेको र सो अनुसारको व्यवस्थापनमा नगर जुटेको प्रमुख राउतले बताउनु भयो ।

अत्यावश्यक रा'हत सामग्री संगै बालबालिकाको शिक्षाको लागि तत्कालकालागि घरमै वसेर पढ्ने गरि बैकल्पिक शिक्षाको प्रवन्धकालागि पनि नगरले सोचिरहेको राउतले वताउनु भयो । नगरमा प्रवेश गर्ने नाकाहरुमा क'डाई गरिएको र नगरभित्रका गतिविधिलाई भने विस्तारै खुकुलो बनाउदै लगिएको वताईएको छ ।

रिलिफ र हुडेकको सहयोग

यसैबिच को’भिड–१९ व्यवस्थापनकालागि दुधौली नगरपालिकाले सञ्चालन गरेको कोरोना व्यवस्थापन कोषमा डक्चर इन्टेलीजेन्ट लजेस्टिकको सहयोगमा रिलिफ नेपाल, हुडेक सिन्धुली र टिडिएच जर्मनको साझेदारीमा सञ्चालीत परियोजनाबाट रकम रु ५०हजारको चेक हस्तान्तरण गरिएको छ । विहिबार दुधौली नगर प्रमुख घनश्याम राउतको कार्यकक्षमा पुगि रिलिफ नेपाल सिन्धुलीका कार्यकारि निर्देशक खुसराज पौडेलले सहयोग स्वरुप नगर प्रमुख राउतलाई चेक हस्तान्तरण गर्नु भएको छ ।

वि’पद्को समयमा संघ संस्थाहरुले पुर्‍याएको सहयोगको प्रसंसा गर्दै नगर प्रमुख राउतले सबै एकजुट भएर को’भिड–१९ वि'रुद्धको ल'डाइमा लाग्दा सफलता हातपार्न सहजहुने बताउनु भएको छ । दुधौली नगरपालिका वडा नम्वर १, २, ३ र कमलामाई नगरपालिका वडा नम्वर १३ र १४ मा सञ्चालीत उक्त परियोजनाले यस अघि कमलामाई नगरपालिकालाई पनि ५०हजार रुपैया सहयोग गरि सकेको छ ।

प्रतिक्रिया