शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा एक महिलाको र’हस्यमय मृ’त्यु

शुक्रवार , बैशाख १९, २०७७

सिन्धुली, १९ बैशाख – सिन्धुलीको मरिण गाउँपालिका –५ घाटामा बिहीवार एक महिलाको र’हस्यमय मृ’त्यु भएको छ । ओखलढुंगा घर भएकी अन्दाजी २५ बर्षिया रमा राई नाम गरेकी महिलाको र’हस्यमय मृ’त्यु भएको हो । उनलाई लकडाउन हुनुभन्दा केही दिन अघि काठमाडौंबाट मरिण गाँउपालिका –५ घर भएका सरोज माझीले घर लिएर आएका थिए ।

सरोजले रमालाई श्रीमती भन्दै घरमा ल्याएको र उनीहरु दुवै काठमाडौंमा बस्दै आएको खुलेको ईलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ । मृ’तक रमा र सरोज बिच गएको बैशाख १५ गते सोमवार घरमा झगडा भई सरोजले कु’टपिट गरेको र १७ गते रमाले गाउँमा समाज राखेर सरोजले कु’टपिट गरेको भनेर गाउँलेलाई जानकारी गराईकी भन्ने सुचना स्थानियले दिएको ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख प्रहरी निरिक्षक राजेश दत्तले बताउनु भयो ।

समाजले सम्झाई बुझाई गर्दा सरोजले अब आईन्दा कु’टपिट नगर्ने बताएका थिए । तर अचानक बैशाख १८ गते बिहीवार सरोजले मरिण गाउपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र बडीमुहानमा वि’रामी भयो भनेर रमालाई जचाउन लगेको थिए । तर स्वास्थ्य केन्द्रले कार्यालयमा आईपुग्नु भन्दा पनि अगाडी नै मृ’त्यु भईसकेको अवस्थामा ल्याईपु¥याएको भनेको प्रहरी निरिक्षक दत्तले बताउनु भयो । “हामीलाई खबर आउने वित्तिकै हामी स्वास्थ्य केन्द्र पुगेको थियौं । स्वास्थ्य केन्द्रले स्वास्थ्य केन्द्रमा ल्याउनु भन्दा अघि नै मृ’त्यु भएको भन्यो”उहाँले भन्नुभयो ।

रमाको यसअघि नै विवाह भएको पाईएको उहाँले बताउनुभयो । मृतक रमाको बुवाले आफ्नो छोरीको विहे खोटाङका आदित्य राईसँग विबाह भएको बताएको निरिक्षक दत्तले बताउनुभयो । ज्वाई आदित्य राई कामको सिलसिलामा भारतमा रहेको र छोरी रमा पनि कामको सिलसिलामा काठमाडौंमा बस्दै आएको बुवा अविरल बहादुर राईले बताएको निरिक्षक दत्तले जनाउनु भयो ।

सरोज र छोरी रमा विच विबाह भएको भन्ने कुरा बुवालाई थाहा नभएको बताएको निरिक्षक दत्तको भनाई छ । तर सरोज माझीले भने रमा र उनी चार महिना अघि विवाह गरेको बताएको निरिक्षक दत्तले बताउनु भयो । मृ’तक रमाको बुवाले सरोजलाई ज्वाई भनेर स्वीकार नगरेको र सरोज वि’रुद्ध जाहेरी दिने भनेको निरिक्षक दत्तले बताउनु भयो ।

घटना पश्चात् अ’भियुक्त सरोजलाई ईलाका प्रहरी कार्यलय कपिलाकोटले नियन्त्रणमा लिई अनुसन्धान थालेको निरिक्षक दत्तले जानकारी दिनुभएको छ । रमाको श’व पोस्टमार्ट्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याइएको निरिक्षक दत्तले बताउनु भयो । पोष्टमाटम रिर्पोट नआएसम्म के कारणले उनको मृ’त्यु भएको हो भन्ने कुरा खुल्न नसक्ने निरिक्षक दत्तले बताउनुभयो ।

प्रतिक्रिया