शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दशै,तिहार जस्तो चाडपर्व नआएका समेत भित्रिए सिन्धुलीको गाउँमा

बिहिवार , बैशाख १८, २०७७

सिन्धुली,१८ बैशाख –गत चैत ११ गतेदेखि मुलुक लकडाउन भएपछि यहाँको तीनपाटन गाउँपालिकामा झन्डै १२ सय बढी बाहिरबाट गाउँ भित्रिएका छन् ।

लकडाउन भएपछि काठमाडौसहित देशका ठूला शहरमा अस्थाइ रुपमा बसोबास गर्दै आएका गाँउमा वर्षौसम्म नआएका स्थानीयलाई समेत कोरोनाले ल्याइदिएको स्थानीय बताउँछन् । चाडपर्व र निर्वाचनमा समेत नदेखिएका स्थानीय धमाधम गाउँमा भित्रिएका छन, तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले भन्नु भयो, “काठमाडौ र पोखराबाट धेरै आएका छन, भने अन्य शहरबाट पनि यहाँ भित्रिएका छन् । गाउँमा धेरै युवा भित्रिएपछि कृषिमा जुट्ने अपेक्षा गाउँपालिकाले लिएको छ । विश्वभर फैलिएको कोरोना भा’इरसको रोकथामका लागि सरकारले मुलुक लकडाउन गरेपछि कोरोनाको त्रासले शहरभन्दा गाउँ सु’रक्षित हुने महसुससहित धमाधम गाउँ आउनेको लर्को लागेको छ ।”

“हाम्रो गाउँपालिकामा भएको तथ्यांक अनुसार ८ सय ५० जना काठमाडौँ र पोखराबाट २ सय १० जना गााउँपालिकामा भित्रिएका छन, अरु लु’कीछिपी आउने अझै छन,” गाउँपालिकाका सूचना अधिकारी गोपाल पहाडीले भन्नु भयो, “कोरोनाको त्रा’सले धेरैले गाउँ आउने मनसाय राखेपछि गाउँपालिकालेनै सहजीकरण गरेर ल्याएको हो ।”

युवाहरु गाँउमा फर्किदा गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउन सहयोग पुग्ने देखिएको छ, अब सायद खेतबारी बाझो रहदैन, गाउँपालिका अध्यक्ष मगरले भन्नु भयो “अबको मुख्य योजनानै कृषि क्षेत्रलाई आत्मानिर्भर बनाउने तर्फ हुन्छ । ”

गाउँपालिका भित्रिने सबैलाई ता’पक्रम जाँच गरि पठाएको गाउँपालिकास्थित हेल्थ डेस्कमा खटिनु भएको कर्मचारी मदन दाहालले बताउनु भयो । यो नाका हुँदै गाउँपालिका प्रबेश गर्ने सबैलाई हामीले तापक्रम जाँच गरेर मात्रै पठाएका छौ, उहाँले भन्नु भयो,“ तापक्रम बढी भएर ज्व’रो आएको संकेत देखिए हामी गाउँपालिका प्रबेश गर्न दिदैनौ ।”

गाउँपालिकाले कोरोना रो'कथामका लागि प्रत्येक वडाबाट दश लाख रुपैयाँ बजेट कटौती गर्नुका साथै गाउँपालिकाबाट ५० लाख बजेट गरि १ करोड ६० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा बजेट जम्मा गरेको छ । सुरुवाती दिनमा राहतका लागि गाउँमा आवश्यकता नपरेको भएपनि हाल केहि स्थानीयले राहत आवश्यकता परेको भन्दै फोन गर्न थालेकाले अब राहत वितरण तर्फ गाउँपालिकाले योजना बनाएको जनाएको छ । हामी राहतमा पर्ख र हेरको रणनीतिमा छौ, अब केहि दिनमा राहत वितरण गर्छौ, गाउँपालिका अध्यक्ष मगरले भन्नु भयो ।

प्रतिक्रिया