शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

रोकिएको मदन भण्डारी लोकमार्गको सिन्धुली खण्डको काम सुरु

बिहिवार , बैशाख १८, २०७७

सिन्धुली,१८ बैशाख – लकडाउनका कारण रोकिएको निर्माणधीन पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा लिइएको मदन भण्डारी लोकमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा) आयोजनाको निर्माण कार्य फेरी सुरु भएको छ ।

कोरोना भा’ईरस(को’भिड–१९) को संक्रमण फैलिनबाट बच्न सा’वधानी अपनाउदै निर्माणको काम सुरु गरिएको हो । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री भागलाई जोड्ने २५० किलोमिटर लोकमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । लकडाउनका कारण रोहिएको पुर्वी खण्ड अन्तर्गत सिन्धुली जिल्लाभित्र मात्रै काम सुरु भएको मदन भण्डारी लोकमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा) आयोजनाको पुर्वी खण्डका ईन्जिनियर मनिष पोख्रेलले जानकारी दिनुभयो ।

“विगत दुई दिनदेखि हामीले रोकिएको काम सुरु गरेका छौं । आयोजनाको पुर्वी खण्ड अन्तर्गत सिन्धुली जिल्लामा मात्रै निर्माणको काम सुरु भएको हो । बर्षात नजिकिदै छ । लकडाउनका कारण सडक बन्दाबन्दै गरेको अवस्थामा रोकिएको छ । त्यस्ता बन्दाबन्दैमा रोकिएका कामहरु बर्षातले विग्रन सक्ने भएकाले बर्षातले क्षति गर्न नदिन मात्रै काम सुरु गरेका हौं”ईन्जिनियर पोख्रेलले भन्नुभयो ।

बर्षातले क्षति गर्न नदिनका लागि मात्रै काम सुरु गरिएको उहाँले बताउनुभयो । सामाग्री अभावमा र कामदार श्रमिकको अभावमा पनि पहिलकै तुलनामा काम हुन नसक्ने उहाँले बताउनुभयो ।

सिन्धुलीको भिमानदेखि हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्म ११५ किलोमिटरलाई पश्चिम खण्ड र उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटरलाई पूर्वी खण्डमा बाँडेर काम भइरहेको थियो । ०७३ कात्तिकमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त लोकमार्ग ०७७ भदौमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ । तर विश्वभर मा’हामारीको रुपमा फैलिरहेको कोरोना भा’ईरस(को’भिड १९ का) कारण देश लकडाउन भएपछि समयमा सक्न मुस्किल देखिएको उहाँको भनाई छ ।

सडक आयोजनाको पुर्वी खण्डमा सडक तर्फ ७५ प्रतिशत र पुल तर्फ ९२ प्रतिशत काम सम्पन्न भएको उहाँको दावी छ । पुर्वी खण्डमा २२ किलो मिटर सडक कालोपत्रे भईसकेको उहाँले बताउनुभयो । लोकमार्ग निर्माणको जिम्मा पूर्वी खण्डतर्फ जेट आईईसी शर्मा एन्ड लामा जेभी र पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, राकेन जेभीले लिएका छन । पहिलो लेयर ११ मिटर चौडाइ र दोस्रो लेयरमा त्यसमाथि ७ मिटर चौडाइमा कालोपत्रे गरिने आयोजनाले जनाएको छ । उक्त लोकमार्गको चौडाइ ३० मिटर रहनेछ ।

 

प्रतिक्रिया