शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको फिक्कल गाँउपालिका ४ का माझी समुदायलाई रा’हत वितरण

बुधवार , बैशाख १७, २०७७

सिन्धुली,१७ बैशाख –सिन्धुलीको फिक्कल गाउपालकाले वडा नं. ४ का विपन्न माझी समुदाय लगाएत अ’संगठिन क्षेत्रका श्रमिकहरुलाई रा’हत वितरण गरेको छ । गाँउपालिकाले लकडाउनका कारण दैनिक गुजरा चलाउन स’मस्या भएका वडाका माझी समुदाय लगाएत असंगठित क्षेत्रका ३६ घरधुरीलाई रा’हत वितरण गरेको हो ।

गाँउपालिकाको खाद्यान्न बैंकमा जम्मा भएको खाद्यान्नलाई वडाका वि’पन्न परिवारहरुलाई रा’हत स्वरुप गाँउपालिकाले वितरण गरेको हो । गाउँपालिकाले प्रति परिवार चामल ३० केजी, नुन २ केजी, दाल २ केजी, चिनी २ केजी, तेल १ लिटर र साबुन १ थानका दरले रा’हत प्याकेज बनाएर वितरण गरेको फिक्कल गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले बताउनुभयो ।

फिक्कल गाउपालिकाले एकद्धार प्रणालीबाट रा’हत वितरण गर्न विभिन्न क्षेत्रबाट प्राप्त हुने खाद्यान्न सहयोगलाई संकलन गर्नका लागि खाद्यान्न बैक स्थापना गरेको छ । उक्त खाद्यान्न बैंकमा जम्मा भएका खाद्यान्नहरुलाई लकडाउनका कारण गुजरा चलाउन समस्या भएका गाँउपालिकाका विपन्न, असाहय, असक्त परिवारहरुलाई वितरण गर्ने अध्यक्ष कार्कीले बताउनुभयो । बिभिन्न गैरसरकारी तथा सरकारी संस्थाहरुले सहयोग गरेको खाद्यान्न सामग्रीहरुलाई खाद्यान्न बैंकमा संकलन गरेर राखिएको थियो ।

त्यहि सामाग्री अहिले पहिलो चरणम वितरण सुरु गरेका अध्यक्ष कार्कीले बताउनुभयो । गाउँपालिका भित्रका १ हजार ४ सय ४८ परिवार असंगठीत क्षेत्रमा कार्यरत मजदुरहरुलाई रा’हत वितरण गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।

गाउँपालिका भित्र रहेका असंगठित क्षेत्रमा काम गर्ने सबै परिवारलाई नेपाल सरकारको मापदण्ड अनुसार राहात प्याकेज उपलब्ध गराउने बताउनु भयो । राहत खरिदको लागि टेन्डर प्रक्रिया अगाडी बढिसकेको र एक दुई दिन भित्रमा नै राहात खरिद गरेर खाद्यान्न बैंकमा जम्मा गर्ने र बैक मार्फत सबै जनाताको घररघमा पु¥याउने समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया