सिन्धुली १७ बैशाख– सिन्धुलीको कमलामाई नगरपालिकाले ईन्टरनेट, रेडियो र टेलिभिजन बाट शैक्षिक ग'तिविधि अगाडी बढाउने तयारी सुरु गरेको छ । को'रोना भा’ईरस त्रा’सका कारण ल'कडाउन अ'निश्चित बन्दै गएपछि नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार गत शैक्षिक सत्रको परिक्षाफल बैशाख १८ गतेभित्र प्रकाशन गर्ने गरी इन्टरनेट, रेडियो तथा टेलिभिजनको माध्यमद्धारा नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गरी शैक्षिक गतिविधीलाई अगाडि बढाउने तयारी गरिएको हो ।
कमलामाई नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष खड्ग बहादुर खत्रीले भन्नुभयो,“वि'श्वब्यापी फै'लिएको को'रोना भा’ईरस र त्यसैका कारण गरिएको ल'कडाउनका कारण अन्यौलता छ तर यो अ'न्यौलताको बीचमा पनि नगरपालिका क्षेत्रमा शैक्षिक गतिविधीलाई सु'रक्षित हिसाबले कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा हामी लागि परेका छौं ।”
सबै सरोकारवाला निकाय तथा शैक्षिक संस्थाहरुसँगको छलफल र सहकार्यमा इन्टरनेट, रेडियो तथा टेलिभिजन मार्फत शैक्षिक गतिविधीलाई अगाडि बढाउने तयारी भइरहेको मेयर खत्रीले बताउनुभयो ।

नगर शिक्षा समितिका अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले बैशाख १८ गते सम्म नगरक्षेत्रका सामुदायीक तथा संस्थागत विद्यालयहरुले बार्षिक परीक्षाको नतिजा प्रकाशन गरिसक्ने, विद्यालयहरुमा इन्टरनेट, रेडियो तथा टेलिभिजनको पहुँचको अध्यन गरी त्यस प्रविधि मार्फत कक्षा सञ्चालनको तयारी गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले शैक्षिक सत्र २०७७ को लागि आवश्यक गर्ने पाठ्यपुस्तकहरु यथाशिघ्र उपलब्ध गराउन स्टेशनरी ब्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गर्नुका साथै कमलामाई नगरपालिका क्षेत्रका सामुदायीक विद्यालयका सरकारी कोषबाट तलब खाने शिक्षकको तलब कट्टा गरी प्र'कोप व्य'वस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
अधिकृत स्तरसम्मका शिक्षकको ६ दिनको र अधिकृत स्तर भन्दा तल्लो तहका शिक्षकको ४ दिनको तलब कट्टा गरि कमलामाई नगरपालिका प्र'कोप ब्यस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको कमलामाई नगरपालिका कार्यालयका सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो । कमलामाई नगरपालिका भित्र प्रावि, निमावि र मावि सहित कुल १२१ सामुदायीक र संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन ।