सिन्धुली,१७ बैशाख– च’ट्याङ्ले सिन्धुलीको सुनकोसी गाँउपालिका ७ मतानबास स्थित नेपाल टेलीकमको टावरमा क्ष’ती पुगेको छ ।
मंगलबार बिहान ३ बजे तिर परेको चट्यांगले टावरमा रहेको उपकरणमा क्षती पुगेको नेपाल टेलिकम सिन्धुलीले जनाएको छ । टावरमा क्ष’ती भएका कारण जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएपछि मर्मतको लागि प्राविधिक सहितको टोली मतानबास पुगेको छ ।
टावरको रेडियोमा क्षती पुगेको अनुमानले आवस्यक उपकरण र आफु सहितको प्राविधिक टोली अहिले मतानबास पुग्न लागेको टेलिकम सिन्धुलीका प्रमुख उपेन्द्र रायले बताउनुभयो । टावरमा क्षती पुग्दा १३ सय ल्याण्डलाईन फोन र झण्डै ६ सय एडिएसल नेट सेवा अवरुद्ध भएको प्रमुख रायको भनाई छ ।
ढल्केबर, छरछरेको टावर मार्फत लिंक गराई टेलिकमको मोवाईल सेवा भने सुचारु गरिएको उहाँको भनाई छ ।