शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

रा’हतमा सिन्धुलीको फिक्कल गाँउपालिका गै’रजिम्मेवार

बुधवार , बैशाख १७, २०७७

सिन्धुली,१७ बैशाख– फिक्कल गाँउपालिकाले स्विकृत गरिसकेको टेण्डर सुचना रद्ध गरेर पुन सूचना प्रकाशित गरेको छ । आफु अनुकुलका फर्मलाई टेण्डर नपरेपछि गाँपालिकाका निर्वाचित जनप्रतिनिधिले स्विकृत भइसकेको सूचनानै रद्ध गरेको फिक्कल गाँउपालिका स्थानिय घनश्याम पहाडीले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले मुलकु लकडाउन गरेसँगै खाद्यन्नको अभाव भएकालाई खाद्यन्न खरिद गर्नका लागि गाँउपालिकाले टेण्डर सुचना प्रकाशित गरेको थियो । प्रकाशित सुचना अनुसारनै स्थानिय खाद्यन्न पसल तथा अन्य फर्मले टेण्डर हालेको र गाँउपालिकाले छनौट गरि प्रकाशित गरेसकेपछि रद्ध गरेको स्थानियको आरोप छ ।

“स्किृत भएको बोलपत्रदाताहरुको नाम र ठेगाना समेत प्रकाशित भइसकेको थियो, पछि आफ्ना मातहतका बोलपत्रदाताहरुलाई नपर्ने अवस्था आएपछि बढी मुल्य राखिएको भन्दै स्विकृत भइसकेको बोलपत्र खारेज गरियो,” रविन रोशन किराना तथा खाद्यन्न पसलका सञ्चालक समेत रहेका पहाडीले भन्नुभयो, “कमिसनको खेलमा फिक्कल गाँउपालिकाका जनप्रतिनिधिले मनपरी गर्न थालेको पाइयो ।”

उहाँले पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउनुपर्ने अवस्थामा जनप्रतनिधिलेनै विभिन्न बखेडा झिकेर ढिलाई गरेको आरोप लगाउनुभयो । यहि बैशाख १० गते प्रकाशित सुचनाको च.नं ३०५८ को पत्रअनुसार प्रस्तावपत्र स्विकृत गर्ने आशयको सुचना समेत गाँउपालिकाले प्रकाशित गरिसेको थियो ।

स्विकृत गरिसकेको ठेक्का रद्ध गर्नु गैरकानुनी भएको जानकार बताउछन् । जनप्रतिनिधिले मनपरी गरेको भन्दै त्यसलाई रोक्न प्रमुख प्रशासकिय अधिकृतले कानुनलाई मध्यनजर गर्नुपर्ने स्थानियको भनाई छ । फिक्कल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक घिमिरेले सारभुत रुपमा प्रस्तावपत्र स्विकृत भएपनि कार्यपालिकाले रद्ध गरेको जानकारी दिनुभयो ।

“करिब हामी प्रस्तावपत्र स्विकृत गरि सम्झौताकै चरणमा पुगेका थियौ, तर केहि उजुरीहरु पनि कार्यपालिकामा आएपछि रद्ध गरि पुन सुचना प्रकाशित गरेका हौ,” प्रमुख प्रशासकिय अधिकृत घिमिरेले भन्नुभयो, “हामी फेरी सुचना जारी गरी राहत खरिद गर्छौ ।”

प्रतिक्रिया