सिन्धुली,१७ बैशाख – सिन्धुलीको कमलामाई नगरपालिकाले विगत एक महिना देखि जारी ब’न्दाबन्दी अर्थात ल'कडाउनलाई केही क्षेत्रमा भने खु'कुलो बनाउने भएको छ । कमलामाई नगरपालिकाको स्थानिय वि’पद् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको मंगलवार बसेको बैठकले जारी ल'कडाउनलाई केही क्षेत्रमा खुकुलो बनाउदै कामहरु सुरु गर्ने निर्णय गरेको हो ।
विश्वभर म’हामारीको रुपमा फैलिएको को'रोना भा’ईरस(को’भिड–१९) रो'कथाम तथा नि’यन्त्रणका लागि गत चैत ११ गतेबाट लागू भएको ल'कडाउनलाई सरकारले आगामी बैशाख २५ गते सम्म लम्ब्याएको छ । नगरप्रमुख खड्ग बहादुर खत्रीको संयोजकत्वमा बसेको बैठकले नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ मा संचालन गरिने विकास निर्माणको काम पुन सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले को'रोना भा’ईरसका कारण स्थित विकास निर्माणको योजनाहरुको काम को'रोना भा’ईरसबाट बच्न सामाजिक दुरी लगाएतका स'चेतनाका उपायहरु अपनाई सुरु गर्न दिने निर्णय गरेको हो । “गाउँ गाउँमा हाम्रा योजनाहरु छन् । काम सकिएकाहरुको भुक्तानी भएको छैन । यस्ता काम सकिएर पनि भुक्तानी नभएकाहरुको भुक्तानी दिने काम सुरु गर्ने निर्णय गरेका छौं । गाउघरमै उपभोक्ता समिति मार्फत हुने विकास निर्माणको योजनाहरुको काम गर्न दिने निर्णय गरेका छौं । तर कोरोना भा’ईरस बाट बच्न सामाजिक दुरी भने कामय गर्नुपर्छ । अन्य सचेतनाका कुराहरु अनिवार्य अपनाउनुपर्छ भनेर निर्णय गरेका छौं”नगरप्रमुख खत्रीले भन्नुभयो ।
बैठकले नगरक्षेत्रभित्र कुखुराको अण्डा र कुखुराको चल्ला विक्री वितरणमा पनि खु कुलो बनाएको छ । अण्डा र कुखुराको चल्ला बाहिरी जिल्लाबाट ल्याउन र लैजान मिल्ने गरी विक्री वितरणमा खुकुलो बनाउने निर्णय गरेको नगरप्रमुख खत्रीले बताउनुभयो ।
कमलामाई नगरपालिका क्षेत्र भित्र मासु जन्य उत्पादन खास गरी अण्डा तथा कुखुराको चल्लाको माग बढेकाले आवश्यक स'जगता र स'तर्कता अपनाई नगरपालिका क्षेत्रमा ल्याई विक्रि वितरण गर्न दिने निर्णय गरेको नगरप्रमुख खत्रीको भनाई छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्वपक्षिय बैठकले तराईका जिल्लाबाट पनि हरियो तरकारी ल्याउन पाउने गरी यस अघि नै लगाएको प्र’तिबन्ध खुल्ला गरेकोले नगरक्षेत्रभित्र अण्डा र कुखुराको चल्ला विक्री वितरणमा खुकुलो बनाईएको नगरप्रमुख खत्रीले बताउनुभयो ।“अण्डा र कुखुराको चल्लाको माग पनि धेरै छ । नगरक्षेत्रमा अण्डा पनि उत्पादन धेरै छैन । कुखुराको चल्ला पनि उत्पादन धेरै छैन । अव बाहिरबाट तरकारी चै ल्याउन पाईने । अनि अण्डा र कुखुराको चल्ला किन नपाईने ? कुखुरा चल्ला नभएर कुखुरा पालन गर्ने व्यवसायीहरु छ'टपटाई सकेका छन् । व्यवसायीको हितका लागि हामीले यो निर्णय गरेका हौं । ”
बैठकले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीहरुको लागि वितरण गर्न स्यानिटरी प्याड वितरण गर्नका लागि खरिद गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय पनि गरेको छ । e-bidding मार्फत स्यानेटरी प्याडको खरिद प्रकृया अगाडि बढाउने निर्णय गरेको हो ।