सिन्धुली, १७ बैशाख – नेपाल प्रत्रकार महासंघ बागमति प्रदेशको समन्वय तथा प्रेस रजिस्टार कार्यालयको सहयोगमा मंगलबार पत्रकार महासंघ सिन्धुलीलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धि सामाग्री हस्तान्तरण गरेको छ । प्रेस रजिस्टारका रेवति सापकोटाले ५० थान स्यानिटाइजर, ५० थान पन्जा र १ सय ४५ थान माक्स पत्रकार महासंघ सिन्धुलीलाई हस्तान्तरण गर्नु भएको हो ।
जिल्लामा अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई उक्त सामाग्री वितरण गरेको पत्रकार महासंघका सिन्धुलीका अध्यक्ष राजन कार्कीले जानकारी दिनु भयो ।
विश्वभर मा’हामारीको रुपमा फैलिएको को–भिड १९ भा’इरसका कारण सुरक्षात्मक उपाय अवलम्बन गरी अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई उक्त सामाग्री उपयोगी हुने भएकाले पत्रकारहरुलाई स्वास्थ्य सु’रक्षासँग सम्बन्धि सामाग्री हस्तान्तरण गरिएको प्रेस रजिस्टार रेवति सापकोटाले जानकारी दिनु भयो ।
प्रेस रजिस्टारको कार्यलय बागमती प्रदेशले मकवानपुर, चितवन, धादिङ्ग, सिन्धुली, दोलखा , रामेछाप र सिन्धुपाल्चोकका पत्रकारको स्वास्थ्य सुरक्षा प्रति संम्वेदनशिल हुँदै ती सामग्री उपलब्ध गराएको सापकोटाले जानकारी दिनुभयो ।
यसैबिच पत्रकार महासंघ सिन्धुलीले जिल्लाको पत्रकारहरुलाई स्वास्थ्य सामाग्रि ज्याकेट वितरण गरेको छ । कोरोना भा’ईरसको त्रा’स फैलिरहदा जिल्लामा अग्रपंक्तिमा रहेर कामगरीरहेको ५० जना पत्रकारहरुलाई उक्त ज्याकेट मंगलबार वितरण गरेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ ।
बोधि श्रवण धर्म संघ द्वारा सहयोग स्वरुप प्राप्त १८ हजार र ओम हस्पिटल काठमाण्डौंको अध्यक्ष टंक श्रेष्ठ द्धारा २० हजार गरी जम्मा ३८ हजार रुपैया महासंघमा जम्मा भएको थियो । सोहि रकमले जिल्लाका पत्रकारहरुलाई पहिलो चरणमा पचास थान स्वास्थ्य सामाग्रि ज्याकेट ल्याएको र अब दोस्रो चरणमा पचास थान ज्याकेट ल्याई वितरण गरीने पत्रकार महासंघ सिन्धुलीको अध्यक्ष होम कुमार कार्की (राजन)ले जानकारी दिनु भयो ।
त्यस्तै कमलामाई नगरपालिकाबाट प्राप्त ६ वटा एन नाएन्टी फाईभ मास्क, २० वटा स्यानेटाईजर र २० वटा पेपर मास्क पनि जिल्लाको फ्रन्ट लाईनमा काम गर्ने पत्रकारहरुलाई मंगलबार नै वितरण गरी सकेको बताउनु भयो ।